Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चुनावी दौडधुपले दमक अस्तव्यस्त : ओली–बालेन प्रति समर्थनसँगै आक्रोश बढ्दो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ५, २०८२
In विविध
0

५ फागुन,(तेजन खड्का ),दमक । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको चुनावी गतिविधि तीव्र बन्दै गएको छ । निर्वाचन आयोगले आगामी १८ गतेसम्म आचार संहिता पालना गर्दै प्रचार–प्रसार गर्न समयसीमा तोकेको भएपनि झापा क्षेत्र नम्बर–५ मा भने आचा रसंहिता उल्लंघनको आरोप सहित विवाद चर्किएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान देखि झापा–५ क्षेत्रमा मतदाता भेटघाटमा सक्रिय रहेका थिए । सोही क्रममा उनी कार्यकर्ता सहित दमक अस्पताल पुगेपछि अस्पतालको नियमित सेवा प्रभावित भएको भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

सोमबार बिहानदेखि नै दमक अस्पताल बिरामीले भरिभराउ थियो । लगातार दुई दिन सार्वजनिक बिदा परेकाले बिरामीको चाप असाध्यै बढेको अस्पताल स्रोतले जनाएको छ । बिहान करिब ११ बजेदेखि एमाले निकट युवा संघका कार्यकर्ताहरू अस्पताल गेटमा झण्डा–ब्यानर सहित नाराजुलश गर्दै भेला भएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार दिउँसो करिब १ बजेर ५० मिनेटमा ओली अस्पताल परिसर प्रवेश गरेलगत्तै ‘माथिको निर्देशन’ भन्दै काउन्टर, वार्ड तथा इमरजेन्सी सेवासमेत केही समयका लागि रोकिएको थियो । औषधि लिन लामो समयदेखि लाइनमा बसेका सेवाग्राहीहरू फार्मेसी सेवा बन्द भएपछि थप समस्यामा परेका थिए ।

एक सेवाग्राहीले नाम नबताउने सर्तमा आक्रोश व्यक्त गर्दै भने, ‘हामी बिहानैदेखि लाइनमा बसेका थियौं । अचानक सेवा बन्द भयो । बिरामी लिएर आएका छौं, तर कसैले सुनुवाइ गरेन । चुनाव प्रचारका लागि अस्पताल जस्तो संवेदनशील स्थान किन प्रयोग गर्ने ?


अर्का सेवाग्राहीले अस्पतालमा दलबलसहित प्रवेश गरी सेवा प्रभावित पार्नु अनुचित भएको टिप्पणी गरे । बिहान ७ बजेदेखि लाइनमा बसेका रन्जन राईले भने,‘घण्टौँ पर्खिँदा पनि डाक्टर भेट्न पाइएन । नेताले जे गरे पनि हुने हो र ?’

निर्वाचन आचारसंहिता, २०८२ अनुसार अस्पताल, विद्यालय तथा अन्य संवेदनशील सार्वजनिक स्थलमा राजनीतिक भेला, प्रचार–प्रसार वा भीडभाड गर्न निषेध गरिएको छ । दफा ४ (ग) मा सरकारी तथा सार्वजनिक संस्थाको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी कार्यक्रम गर्न नपाइने स्पष्ट उल्लेख छ भने दफा ४ (झ) मा सार्वजनिक सेवा तथा आवागमन अवरुद्ध हुने गतिविधि गर्न रोक लगाइएको छ ।

झापा निर्वाचन कार्यालयका निर्वाचन अधिकृत तुलसी नेपालले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रचार गतिविधि गर्न नपाइने स्पष्ट पार्दै सेवा प्रभावित भएको प्रमाणित भए आवश्यक प्रक्रिया अघि बढाइने बताए । यता दमक अस्पताल प्रशासनले भने सेवा लामो समय अवरुद्ध नभएको दाबी गरेको छ ।

अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेले कार्यक्रम अस्पताल बाहिर केन्द्रित रहेको र केही समय मात्र प्रभाव परेको बताए । उनका अनुसार पूर्वप्रधानमन्त्री आउने जानकारी पहिले नै भएपनि निर्धारित समय ढिलो हुँदा अवस्था असहज बनेको थियो ।

चिकित्सक तथा नर्स स्वागतमा गएको विषयमा उनले ‘रेस्ट टाइम’ रहेको स्पष्टीकरण दिए । तर प्रत्यक्षदर्शीका अनुसार सो समयमा पनि सेवाग्राहीहरू उपचारको प्रतीक्षामा थिए । ओली करिब २ बजेर ३० मिनेट सम्म अस्पताल परिसरमा रहेका थिए ।

त्यस अवधिमा केही सेवाग्राही र कार्यकर्ताबीच विवाद समेत भएको थियो । एक महिलाले उपचार नपाएको भन्दै रोईकराई गर्दा प्रहरीले सम्झाइरहेको दृश्यले वातावरण थप तनावपूर्ण बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।एमाले झापा–५ निर्वाचन परिचालन समिति संयोजक देबेन्द्र दाहालले भने ओली चुनाव प्रचारका लागि नभई अस्पताल निरीक्षण गर्न पुगेको दाबी गरे ।

उनका अनुसार अस्पतालको स्तरोन्नतिमा ओलीको योगदान रहेकाले सोको अवस्थाबारे बुझ्न मात्र भ्रमण गरिएको थियो र सेवा प्रभावित पार्ने उद्देश्य नरहेको बताए ।यद्यपि, ओलीको भ्रमणलाई लिएर आचारसंहिता उल्लंघनको आरोप भने पहिलो पटक होइन ।

आइतबार पनि दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा राजनीतिक कार्यक्रम गरिएको भन्दै आलोचना भएको थियो, जबकि निर्वाचन आचारसंहिताले विद्यालय तथा शैक्षिक संस्थामा राजनीतिक गतिविधि गर्न स्पष्ट रूपमा रोक लगाएको छ ।

चुनावी माहोल ताते सँगै सार्वजनिक सेवा प्रभावित हुने घटनाले मतदातामाझ राजनीतिक दलहरूको जिम्मेवारीबारे प्रश्न उठ्न थालेको छ । यता, रास्वपाका उम्मेदवार वालेन्द्र शाह(बालेन)ले भीड जम्मा गरेर सडकमा असहज अवस्था सिर्जना गरेको आरोप पनि लागेको छ । सवारी साधन आवातजावत मै समस्या हुँदा यात्रुहरुले हैरानी व्यहोरिरहेको गुनासो आउन थालेको छ ।

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend