Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन २६, २०८२
In विविध
0

२६ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा शहीद भएका विनोद महर्जनको परिवारलाई भेटेका छन् ।
मंगलबार ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका सहीद ३४ वर्षीय विनोद महर्जनको परिवालाई भेटेर खरेलले आशीर्वाद लिएका हुन् ।


भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू निर्वाचित भए सँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन गएको बताए । जेनजीहरुकै बलिदानको जगमा आम जनताले भोट दिएर सांसदमा आफू चुनिएको उनले बताए ।


‘म निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानु भन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन आएको हुँ । म जेनजी जनआन्दोलनबाट नै मन्त्री बनेको र म राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेको साथै जेनजीहरुकै बलिदानको जगमा आम जनताले भोट दिएर सांसदमा चुनिएको छु ’उनले भने ।


उनले जेनजी आन्दोलनका सहीद र प्रतिनिधिहरुले भ्रष्टाचार विरुद्ध ,रोजगारी र समृद्धिको लागि गरेको आन्दोलनको अझै अपूरो रहेको धारणा राखे । जेनजी आन्दोलनको अपूरो क्रान्तिलाई अब रास्वपाको सरकारले पूरा गर्ने उनको दाबी छ ।


उनले भने,‘जेनजी आन्दोलनका सहीद र जेनजी प्रतिनिधिहरुले जुन रुपमा आन्दोलन गरे त्यो भ्रष्टाचार विरुद्ध ,रोजगारी र समृद्धिको लागि थियो । देशमै भविष्य सुनिश्चित होस् भन्ने चाहना थियो । त्यो चाहना अझै अधुरो छ । त्यो अधुरो क्रान्तिलाई पूरा गर्न जनताले देशभरबाट मतपत्र मार्फत रास्वपालाई दुई तिहाईको बहुमत दिनु भएको छ । अब परिवर्तनको बाटोमा मुलुक जान्छ भन्ने उहाँहरुको विश्वास छ ।’

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend