Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मुख्यमन्त्री राउतद्वारा निरीक्षण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर १२, २०७७
In प्रदेश
0

१२मंसिर,धनुषा: प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवम् ट्रमा सेन्टर निर्माणका छनोट गरिएको जग्गाको स्थलगत निरीक्षण गर्नु भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो दुई योजनामा सङ्घ सरकारसमेत सहयोग गर्ने भएपछि मुख्यमन्त्री राउतसहितको टोलीले आज दुवै अस्पतालको लागि जग्गाको निरीक्षण गर्नुभएको छ । बाराको कलैया उपमहानगरपालिका–१६ झिटकैयामा ५० शय्याको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं बाराकै पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने नीति अनुरुप जग्गाको निरीक्षण सम्पन्न भएको छ ।

सरुवा रोग अस्पतालका लागि कलैया उपमहानगरले सात बिघा जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ भने पथलैयास्थित स्वास्थ्य तालिम केन्द्र प्रदेश सरकार कै मातहतमा छ । जग्गा निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार सरुवा रोग तथा ट्रमा सेन्टरको निर्माणलाई आप्mनो नीति तथा कार्यक्रममै राखेर बजेटसमेत विनियोजन गरिसकेको अवस्थामा सङ्घ सरकारसमेतले सहयोग गर्ने भएपछि दुवै अस्पतालको निर्माण चाँडै शुरु हुने बताउनुभयो ।

उहाँले दुवै अस्पताल प्रदेशको गौरवको योजनाका रुपमा रहने र यसले यस क्षेत्रका बासिन्दा मात्र नभई प्रदेश नै लाभान्वित हुने बताउनुभयो । निरीक्षण टोलीमा मुख्यमन्त्रीसहित सङ्घीय सांसद रामसहायप्रसाद यादव, रामबाबु यादव, प्रदेशसभा सदस्य पारस साह, बच्चा यादव, ज्वाला साह, सुन्दर विश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिवलगायतको सहभागिता थियो । सरुवा रोग अस्पतालको शिलान्यास यही मङ्सिर १५ गते भर्चुअल माध्यमले हुने भएको छ ।(रासस)

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२
प्रदेश

अब ग्यारेज सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य

बैशाख २४, २०८२
प्रदेश

मधेश प्रदेशका सी. एम. सिंह सहितको टोलि द्वारा जनकपुरधामका होटलमा छापा 

चैत्र १०, २०८१
प्रदेश

एसईई परीक्षाबाट मधेश प्रदेश सरकार अलग

चैत्र ४, २०८१
प्रदेश

मधेश कृषि विश्वविद्यालयका भीसी ‘महतो’ लाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

चैत्र ३, २०८१
प्रदेश

मुख्यमन्त्री सिंहको अभिव्यक्ति प्रति शिक्षक संघको तीव्र आपत्ति

चैत्र ३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend