Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विषादीले कीरा मर्न छाड्यो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस ६, २०७७
In विविध
0

६पुस,महोत्तरी: उमेरले ६८ वर्ष टेक्नुभएका बर्दिबास नगरपालिका–७ मनहरिपुरका विन्देश्वर यादव तरकारीखेतीमा अनवरत रुपमा लागिरहनु भएको छ ।नगद आर्जनका लागि तरकारीखेती शुरुआत गर्नुभएका उहाँले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेस खानु भएको छैन । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारीखेती गर्दै आउनुभएका उहाँका जग्गामा अहिले आलु, भण्टा, खोर्सानी र लौका तरकारीबाली छन् ।

खेती गर्न थालिकन धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली भोगेर अहिले तरकारी बालीमा आइपुगेको उहाँको अनुभव छ । अब पछिल्ला केही वर्षयता तरकारीखेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो आउन छाडेपछि अब के गर्ने भन्ने किसान यादवमा चिन्ता बढेको छ । उहाँका अनुसार केही वर्षयता तरकारीबालीमा अत्यधिक कीराको प्रकोप बढेको र विषादीले पनि कीरा चिन्न छाडेको छ ।

“कोबिको बोट हेर्नोस्, कति थरिका औषधि (विषादी) छरिसके, केही टेरेको छैन” उहाँले प्रश्न गर्नुभयो,“सल्लाह दिने कोही कृषि प्राविधिक पनि भेटिदैनन्, के गर्ने होला ?” विषादी प्रयोग नगरी खेती हुनसक्दैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “विषदी बिना त कोबिखेती गर्छु भनेर नसोचे हुन्छ ।” मौसमी तरकारीभन्दा बेमौसमी तरकारी बालीमा कीरा र रोगको प्रकोप हुने गरेको उहाँको अनुभव छ । “म यहीं हुर्केको हुँ, १५÷२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैनथे, यी औषधि पनि थिए कि थिएनन्? अहिले त यी थरिथरिका कीरा र रोगले हैरान नै पारेका छन् ।” पहिले बालीभित्र दुबो, मोथे र बन्सोजस्ता झार एक पटक गोडेपछि रोपेका बिरुवा हलक्क बढ्ने गरेका सम्झदै उहाँले आजभोलि भने कैयनथरिका झार उम्रने र त्यसलाई मास्न औषधि नै प्रयोग गर्ने गरेको बताउनुभयो ।

उहाँले पहिले धान, मकै, कोदो, गहुँजस्ता परम्परागत अन्नबाली लगाउनु हुन्थ्यो । उहाँले पछिल्ला वर्षमा क्रमशः समयमा पानी नपर्ने, कहिले समयमै अगाबै पानी पर्ने, लामो खडेरी पर्ने, शीतलहरको प्रकोप बढ्नेजस्ता समस्या बढेपछि सुर्तीखेती, उखुखेतीमा आकर्षित हुनुभयो ।” पछिल्ला १५/२० वर्षयता अनुकूल वर्षा नहुँदा कुलो चल्नु त परै जाओस् खानेपानीका इनार पनि सुक्दै गएर बर्षेनी रिङ (सुकेका इनार थप खनेर पक्की गोल थप्ने काम) हाल्नु परी रहेको उहाँको थप चिन्ता छ ।

पछिल्ला केही वर्षयता वन फाँडिदै गएपछि जङ्गली जन्तु निल गाई, बँदेल, दुम्सी र बाँदर आतङ्कले पनि बालीनाली जोगाउन सकस परेको उहाँको थप गुनासो छ । विन्देश्वरजस्तै बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो, जवाहर महतो , रामविनोद महतो र ब्रह्मदेव महतो पनि तरकारीखेती गर्नुहुन्छ । उमेरले ५० वर्ष नाघीसकेका उहाँहरु सबैको चिन्ता पनि विन्देश्वरको जस्तै छ । छिमेकको भङ्गाह–४ का ६० वर्षीय सत्यनारायण यादव, ५५ वर्षीय रामजी यादव , ५२ वर्षीय चन्देश्वर यादव र ६५ वर्षीय रघु महरा पनि मौसमले साथ नदिँदा वर्सेनी खेती बद्ल्नु परेको बताउनुहुन्छ ।

जिल्लाका किसानले भोगेका यी समस्या विश्वव्यापी समस्या भएको विज्ञ बताउँछन् । महिना र नक्षत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलवाजी अब मिल्न छाडेको वन वातावरण क्षेत्रमा काम गरेर लामो अनुभव सगाल्नु भएका सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । जलवायु परिवर्तनमा परेको असरले वर्षा, गर्मी, बाढी, पहिरोजस्ता प्रकोप र फरक खालका वनस्पति झार र वन्यजन्तुको फरक ठाउँमा चहलपहल बढेको उहाँको भनाइ छ ।

यसरी मौसममा परेको प्रभावअनुसार आपूmलाई ढाल्दै जानुको तत्काल विकल्प नरहेको उहाँ बताउनुहुन्छ । “जलवायु परिवर्तनको विश्वव्यापी असर छ, हाम्रा गरिब बस्ती साधनस्रोतको अभावमा यसबाट बढी प्रभावित छन्” उहाँ भन्नुभयो,“गरिब किसानसम्म अब राज्यले यस अनुसारका सुविधा बढाएर अनुकूलन खेतीतर्फ अग्रसर गराउन सक्नुपर्छ ।” बालीनालीमा बढ्दो रासायनिक मलको निर्भरता र विषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न उहाँ आवश्यक ठान्नुहुन्छ । (रासस)

  • 16shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२
विविध

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२
विविध

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२
विविध

पशुपति मन्दिर क्षेत्रमा ‘नन्द–भाउजु’को दादागिरी

फाल्गुन २५, २०८२
विविध

‘रास्वपाको जित होस्’ भन्दै गरिएको भाकल पूरा, युवाहरूले मन्दिरमा ५५ किलो मिठाई चढाए

फाल्गुन २५, २०८२
विविध

साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टा सम्म स्पष्ट देखिने

फाल्गुन १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend