Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक : मुख्यमंत्री राउत

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २७, २०७९
In प्रदेश
0

जेठ २७ महोत्तरी :मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासको लागी तीनै तहका सरकार बीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेश प्रदेशद्वारा महोत्तरीको बर्दिवासमा आयोजित स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुको लागी अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री राउतले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तह विच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो ,‘ मधेशलाई समृद्ध बनाउन गरिने विकास निर्माणको कार्यहरु स्थानीय तह मातहत कै गाँउ ठाउँमा गर्नु पर्दछ, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले गर्ने विकास निर्माण त्यही ठाँउमा गर्नु पर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्य विना समृद्धि र विकास सम्भव छैन ।मुख्यमन्त्री राउतले स्थानीय सरकारहरुले ल्याउने विकास निर्माणको योजनाहरुमा काँधमा काँध मिलाएर अघि बढन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख समेत गर्नु भयो ।

सरकार संचालन तथा विकास निर्माण संग सम्बन्धित विषयमा आयोजित अभिमुखी करण कार्यक्रममा उहाँले स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरुलाई कानून प्रक्रियाहरु बारे अवगत हुन आग्रह समेत गर्नु भयो ।विगतमा संघीय सरकारले कर्मचारी समायोजन तथा वितिय बाँडफाँडमा गरेको विभेदका कारण स्थानीय तहलाई विभिन्न समस्याहरु झेल्नु परेको अवगत गराउनु हुँदै उहाँले अवको दिनमा सुधार गर्न संघीय सरकार संग आग्रह समेत गर्नु भयो ।

मधेश सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघीय मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा धनुषा र पर्सा बाहेक ६ जिल्ला स्थित स्थानीय तहका प्रमुख , उपप्रमुख , अध्यक्ष र उपाध्यक्ष हरुको सहभागिता रहेको छ । प्रशिक्षण तीन दिन सम्म चल्ने छ ।

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend