Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सार्वजनिक निकायलाई सुशासनयुक्त बनाउन सूचनाको हक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १४, २०७९
In प्रदेश
0

१४ असार,जनकपुरधाम :मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सार्वजनिक निकायलाई सुशासनयुक्त, पारदर्शी र जनताप्रति उत्तरदायी बनाउन सूचनाको हक प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोग र सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको समन्वयमा मिडिया काउन्सिल मधेश प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित सूचनाको हक प्रवद्र्धनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री साहले सार्वजनिक निकायलाई सुशासनयुक्त, पारदर्शी र जनताप्रति उत्तरदायी बनाउनकै लागि सूचनाको हकलाई संविधानले सुनिश्चित गरेको बताउनुभयो ।

सूचनाको हक पूर्णरुपमा कार्यान्वयन भए सार्वजनिक निकायमा देखिएको बेथिति, विसङ्गति र भ्रष्टाचार विस्तारै नियन्त्रण हुँदै जाने विश्वास व्यक्त गर्नुहुँदै उहाँले सूचना दिनबाट कुनै पनि निकाय हिच्किचाउन वा भाग्न नहुने जिकिर गर्नुभयो । ‘‘सूचना जति सहज रुपमा उपलब्ध हुन्छ, पारदर्शीता र सुशासन त्यतिनै कायम हुन्छ”, मन्त्री साहले भन्नुभयो,‘‘सुशासन र पारदर्शीता जति हुन्छ, सरकार र सार्वजनिक निकायप्रति जनताको विश्वास र भरोसा त्यति बढ्दै जान्छ ।”

‘ हाम्रो मन्त्रालयमा पनि सूचना पाइएन भन्ने केही गुनासो आएका छन्”, मन्त्री साहले भन्नुभयो,‘‘ अब यस्तो गुनासो आउँदैन्, हाम्रो मन्त्रालयमा सूचना पाउनुभएन भने सिधँै म कहाँ आउनुस्, सम्बन्धित कर्मचारीबाट समयमै सूचना उपलब्ध गराउँछु ।” तर सूचना पाएर पनि सूचनालाई बङ्ग्याउने काम चाँही हुन नहुने उहाँको भनाइ थियो ।

नकारात्मक भन्दा पनि सकारात्मक सूचनालाई महत्व दिन सञ्चारकर्मीसँग आग्रह गर्नुहुँदै मन्त्री साहले सूचनाको हक आएकाले सार्वजनिक निकायमा हुने अनियमितता र बेथितिमा विस्तारै सुधारको सङ्केत देखिन थालेकोले यस्ता विषयमामा सञ्चारकर्मीले निरन्तर कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले अझै सहज रुपमा सूचना उपलब्ध हुने अवस्था सिर्जना भइनसकेको बताउनुभयो । ‘‘सार्वजनिक निकायले सूचना अधिकारी तोक्ने तर सूचना अधिकारीसँग सूचना नहुने अवस्था छ”, मन्त्रालयका सचिव महतोले भन्नुभयो, ‘‘ एकातिर सूचना अधिकारीसँग सूचना हुँदैन, अर्कातिर कार्यालय जनशक्तिको अभावले गर्दा कार्यव्यस्तता जस्ता कारण समयमा सूचना उपलब्ध गराउन सक्ने अवस्था हुँदैन् ।”

मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले धनुषाका सबै सरकारी कार्यालयमा सूचना अधिकारी तोकिसकिए पनि प्रभावकारी रुपमा काम हुन नसकेको बताउनुभयो । कोभिड– १९ सङ्क्रमणको जोखिम र निर्वाचन लगायतका कारणले सूचना अधिकारीको नियमित बैठक बस्न नसकेको बताउनुहुँदै उहाँले सहज रुपमा सूचना उपलब्धताका लागि आफूले सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमिद बागचन्दले सार्वजनिक निकायमा अझै सूचना लुकाउने, सूचना नदिने प्रवृति कायम रहेकाले सूचनाको हक कार्यान्वयन गराउने अभियान चलाएको बताउनुभयो ।

सो अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तेजबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिङ्कु मिश्र(गायत्री) लगायतले अझैै सार्वजनिक निकायले सूचना उपलब्ध गराउन आनाकानी गर्दै आएकाले सहज रुपमा सूचना उपलब्ध हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका महासचिव तथा मधेश प्रदेशका अध्यक्ष अजयकुमार साहले सूचनाको हक प्रवद्र्धनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।(रासस)

  • 14shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२
प्रदेश

अब ग्यारेज सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य

बैशाख २४, २०८२
प्रदेश

मधेश प्रदेशका सी. एम. सिंह सहितको टोलि द्वारा जनकपुरधामका होटलमा छापा 

चैत्र १०, २०८१
प्रदेश

एसईई परीक्षाबाट मधेश प्रदेश सरकार अलग

चैत्र ४, २०८१
प्रदेश

मधेश कृषि विश्वविद्यालयका भीसी ‘महतो’ लाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

चैत्र ३, २०८१
प्रदेश

मुख्यमन्त्री सिंहको अभिव्यक्ति प्रति शिक्षक संघको तीव्र आपत्ति

चैत्र ३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend