Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘विपद्‍बाट हुने क्षतिलाई न्यूनीकरण गर्न आवश्यक’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १७, २०७९
In प्रदेश
0

१७ असार,जनकपुरधाम :मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विपद्‍बाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको पूर्वी किनारामा आज बिहान मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा आयोजित प्रदेश स्तरीय विपद् प्रतिकार्य तयारी कृत्रिम अभ्यास कार्यक्रममा मुख्यमन्त्री राउतले तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरी अघि बढ्न सके विपद्‍बाट बर्सेनि हुने धनजनको क्षतिमा न्यूनीकरण हुने बताउनुभयो ।

“नदीको उत्खनन र चुरे दुहनका कारण तराई मधेसका जिल्लाहरु विपद्को उच्च जोखिम छन्”, मुख्यमन्त्री राउतले भन्नुभयो, “बाढी, पहिरो जस्ता विपद्का कारण बर्सेनि ठूलो धनजनको क्षति हुँदै आएको छ, यसलाई नियन्त्रण गर्न तीनै तहका सरकार सामूहिक रुपमा अघि बढ्नु जरुरी छ ।” प्रदेश सरकारले विपद् सम्बन्धि काम गर्ने छुट्टै संयन्त्र निर्माण गर्ने जानकारी दिँदै मुख्यमन्त्री राउतले छिट्टै संयन्त्र बनाई त्यसमा सिइओ नियुक्त गरी विपद् रोकथाम र न्यूनीकरण सम्बन्धी कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाढीजन्य प्रकोपका कारण बर्बेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले कमला नदीमा प्रदेश स्तरीय विपद् प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गरेका थिए ।

कमला नदीको प्रतिकारात्मक रुपमा विभिन्न भागमा विभाजित गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले हेलिकप्टर, बोडिङ, लाइफ ज्याकेट लगायतका सामग्रीको सहायतामा विपद्‍मा परेकाहरुको उद्धार सम्बन्धी कृत्रिम अभ्यास गरेको थियो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, धनुषा र सिरहाका विभिन्न पालिकाका प्रमुख, सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२
प्रदेश

अब ग्यारेज सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य

बैशाख २४, २०८२
प्रदेश

मधेश प्रदेशका सी. एम. सिंह सहितको टोलि द्वारा जनकपुरधामका होटलमा छापा 

चैत्र १०, २०८१
प्रदेश

एसईई परीक्षाबाट मधेश प्रदेश सरकार अलग

चैत्र ४, २०८१
प्रदेश

मधेश कृषि विश्वविद्यालयका भीसी ‘महतो’ लाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

चैत्र ३, २०८१
प्रदेश

मुख्यमन्त्री सिंहको अभिव्यक्ति प्रति शिक्षक संघको तीव्र आपत्ति

चैत्र ३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend