Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘विपद्‍बाट हुने क्षतिलाई न्यूनीकरण गर्न आवश्यक’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १७, २०७९
In प्रदेश
0

१७ असार,जनकपुरधाम :मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विपद्‍बाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको पूर्वी किनारामा आज बिहान मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा आयोजित प्रदेश स्तरीय विपद् प्रतिकार्य तयारी कृत्रिम अभ्यास कार्यक्रममा मुख्यमन्त्री राउतले तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरी अघि बढ्न सके विपद्‍बाट बर्सेनि हुने धनजनको क्षतिमा न्यूनीकरण हुने बताउनुभयो ।

“नदीको उत्खनन र चुरे दुहनका कारण तराई मधेसका जिल्लाहरु विपद्को उच्च जोखिम छन्”, मुख्यमन्त्री राउतले भन्नुभयो, “बाढी, पहिरो जस्ता विपद्का कारण बर्सेनि ठूलो धनजनको क्षति हुँदै आएको छ, यसलाई नियन्त्रण गर्न तीनै तहका सरकार सामूहिक रुपमा अघि बढ्नु जरुरी छ ।” प्रदेश सरकारले विपद् सम्बन्धि काम गर्ने छुट्टै संयन्त्र निर्माण गर्ने जानकारी दिँदै मुख्यमन्त्री राउतले छिट्टै संयन्त्र बनाई त्यसमा सिइओ नियुक्त गरी विपद् रोकथाम र न्यूनीकरण सम्बन्धी कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाढीजन्य प्रकोपका कारण बर्बेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले कमला नदीमा प्रदेश स्तरीय विपद् प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गरेका थिए ।

कमला नदीको प्रतिकारात्मक रुपमा विभिन्न भागमा विभाजित गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले हेलिकप्टर, बोडिङ, लाइफ ज्याकेट लगायतका सामग्रीको सहायतामा विपद्‍मा परेकाहरुको उद्धार सम्बन्धी कृत्रिम अभ्यास गरेको थियो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, धनुषा र सिरहाका विभिन्न पालिकाका प्रमुख, सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend