Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

देशको अवस्था सिटामोल खाएर ठिक हुने खाले छैन : अध्यक्ष ओली

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ९, २०८०
In राजनीति
0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको नभएको बताएका छन् ।आज काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।जरामा रोग लागेको छ भने माथि पातमा औषधी राखेर केही नहुने भन्दै ओलीले अहिलेको अवस्थामा विशेष उपचारको आवश्यकता रहेको बताए ।

उनले भने, अहिलेको अवस्थामा सामान्य हिसाबले हुने वाला छैन, सिटामोल खाएर यो रोग हट्दैन । एकछिनको ज्वरो पनि हट्ने अवस्था छैन, यसको खास उपचार नगर्ने हो भने हुँदैन । जरामा रोग लागेको छ, माथि पातमा औषधी राखेर केही हुँदैन । अहिलेको अवस्था त्यहीनिर पुगेको छ ।’

यति गम्भीर कुराहरुप्रति सरकार बेखबर भएर ध्वस्त भएको अर्थतन्त्र सुधारको अवस्थामा छ भनेर जनतालाई झुटो आशा देखाइरहेको आरोप ओलीले लगाए ।उनले भने, ‘गम्भीर कुराहरुप्रति सरकार बेखबर हुने र हाम्रो अर्थतन्त्रमा सुधारका लक्षणहरु देखिएका छन्, भनेर ध्वस्त भइरहेको छ, जनतालाई झुटो आशा देखाइरहेका छन् । यस्ते अवस्था हुनु हुँदैन । चलायमान नहुने स्थानमा गएर पैसा थुप्रिएको छ भने, त्यसलाई चलायमान स्थानमा लगेर पनि चलाउनु पर्ने हुन्छ । ढिलो गर्ने धेरै पर्खिनु पर्ने समय पनि छैन ।’

उनले उद्योगहरु बन्द भइरहेको गम्भीर अवस्थामा सरकार गम्भीर नभएको भन्दै यस्तो तरिकाले देश अगाडि नबढ्ने बताए ।उनले भने, ‘हामी मिशन ८४ मा लागेका छौं तर त्यो समयसम्म पुग्दा देशमा कुनै उद्योग रहन्छ कि रहँदैन । नयाँ नेपाल तर्फ जानुपर्ने, अर्थतन्त्र बलियो हुनुपर्ने, उत्पादन बढ्नु पर्ने अवस्थामा त्यस्तो केही भएको छैन । उद्योगहरु बन्द भइरहेका छन्, यो सामान्य कुरा होइन, उद्योगपतिलाई नाफा हुन्छ कि नोक्सान हुन्छ भन्ने कुरा होइन, देशलाई नाफा भएको छ कि नोक्सान त्यो हेर्नुपर्छ यो केही उद्यमीको विषय होइन, देशको विषय हो । यो विषयमा सरकार गम्भीर हुनु पर्छ । तर सरकार गम्भीर हुने स्थितिमा देखिँदैन्, यस्तै अवस्था हो भने देश अगाडि बढ्न सक्दैन ।’

उनले आजको समयमा नेपाल जस्तो देश ओरालो झर्दै गएको भन्दै यस्तो अवस्थाबाट देशलाई कसरी अगाडि बढाउने र परिवर्तन ल्याउने कुरामा ध्यान दिनु पर्ने बताए ।सरकारले ल्याएको बजेटलाई पनि उद्यमी व्यवसायीहरुको संस्थाबाट जस्तो स्वागत भयो त्यो देखेर आफू छक्क परेको भन्दै उद्यमी व्यवसायीहरु राजनीतिमा बढी लागेको बताए ।

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend