Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

देशमा धार्मिक दंगा फैलिँदा राज्य चुप हुनु शासकहरुको मौन समर्थन हो ? : तीन दल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १५, २०८०
In राजनीति
0

काठमाडौं : देशमा धार्मिक तथा जाती यदंगा फैलिरहँदा राज्य चुप रहनुले त्यसमा शासकहरुको मौन समर्थन हुन सक्ने तीन दलले आशंका व्यक्त गरेका छन् ।सोमबार संवाद डबलीमा उनीहरुले संयुक्त पत्रकार सम्मेलन गरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले धार्मिक अतिवादीहरुलाई नियन्त्रणमा लिन तदारुकता नदेखाएको आरोप समेत लगाएका छन् ।

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले पूर्वको धरान, तराईको सर्लाही हुँदै देशभरी धार्मिक द्वन्द्व फैलिरहेको र देशलाई अस्थिर बनाउने अतिवादीहरुलाई नियन्त्रण गर्नुको साटो राज्य मुकदर्शक बनेको आरोप लगाए ।

पूर्व गृहराज्यमन्त्री समेत रहेका अन्सारीले ठूलो बलिदानी पश्चात् आएको परिवर्तनलाई उल्ट्याउन षड्यन्त्र भएको बताउँदै भने, ‘तानाशाहरुलाई फालेर आएको परिवर्तन सहजै कहाँ उल्टिन्छ ?’ राजा आउ देश बचाउ हैन, किन कि राजा ल्याएर जनता पुन: जंगली राजमा फर्कदैनन् ।’

देशमा क्रान्तिकारीहरु सत्तामा हुँदा जातीय तथा धार्मिक दंगाले बढावा पाएको र अतिवादीहरु सामु सरकारले हात जोडेको आरोप उनले लगाए ।सामाजिक एकता पार्टीका अध्यक्ष सिबि गहतराजले बलिदानीबाट प्राप्त संघीयता, गणतन्त्र, समावेशीता अनि धर्म निरपेक्षता जस्ता उपलब्धिमाथि प्रहार गरेर त्यसलाई उल्ट्याउन सुनियोजित हमला भएको बताए ।

कुनै जाति र धर्म विशेषको लागि मात्रै नभएर सबैको समान अधिकार र उपलब्धिहरुको रक्षाका लागि तीन दलले सहकार्य गरेर संघर्ष गर्ने बताए । नवलपरासी, सुर्खेत, धनुषा, सर्लाही, महोत्तरीमा भएका धार्मिक अतिवादी घटना तथा ज्यादतीबारे आम नेपाली सबै सतर्क र सचेत हुन आग्रह गर्दै, सरकार त्यस्ता गतिविधिमाथि खरो उत्रनु पर्ने माग समेत उनले राखे ।

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले जनयुद्धको समयमा परिवर्तनकारी शक्तिहरुका टाउकाको मूल्य ५० लाख तोकेजस्तै अहिले शान्ति कालमा पनि नागरिकालाई अमेरिकी बनाउन ५० लाख तोक्नु दुर्भाग्य भएको बताए । देशमा भ्रष्टाचार महंगी र कालोबजारी बढिरहँदा सरकार सामान्य झारो टार्ने र सत्ता जोगाउन लागेको आरोप लगाए ।

तीन दलले पत्रकार सम्मेलन मार्फत् विगत सात महिनादेखि चलिरहेको प्रदेश नम्बर–१ (कोशी) नामकरण विरुद्धको आन्दोलन्, धार्मिक दंगा, लाखौं युवा पलायन, भ्रष्टाचार, बेरोजगारी, महङ्गी, कालोबजारी जस्ता समस्याहरु भयावह रूपमा बढीरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । यस्को निराकरणका लागि प्रभावकारी कदम चाल्न उनीहरुले माग गरेका छन् ।

  • 37shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend