Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राजनीतिक संरक्षणमै अपराध बढ्यो : पूर्व डिआईजी खनाल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २०, २०८०
In राजनीति
0

काठमाडौं : पूर्व डिआईजी तथा एमाले नेता सर्वेन्द्र खनालले, राजनीतिक संरक्षणकै कारण आपराधीक क्रियाकलाप बढेको ठोकुवा गरेका छन् ।राजनीतिक संरक्षणमा हुने आपराधिक क्रियाकलापका कारण देशमा शान्ति सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेको र समाजमा अपराधले राजनीतिलाई चलाउने गरेको  सन्देश गएको ठोकुवा उनले गरेका छन् ।

शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग उनले जन्मकैद पाएका व्यक्तिलाई सरकारले दिएको आममाफी, ठूला भ्रष्टाचार काण्डमा सरकार पक्षको संलग्नता र ढाकछोप जस्ता विषयले अपराधले राजनीतिलाई चलाउने सन्देश समाजमा गैरहेको बताए ।

उनले आफ्नो कार्यकालमा रेशम चौधरीलाई छोड्न दबाब आएपनि नछोडेको स्पष्ट पार्दै भने, ‘सरकारमा गठजोड मिलाउन पर्यो, अंक मिलाउन पर्यो भनेर अपराधीलाई छोड्ने गर्न त भएन नि । प्रहरीले अनेक गरेर समातेर सर्वोच्च अदालतमा समेत फैसला आएको कुरालाई अपराधीलाई छोड्दिदै जाने ? के का आधारमा भन्दा जतिखेर उहाँहरुलाई चाहिन्छ आवश्यकता पर्छ त्यतिखेर अपराधी छोड्दिने ?’उनले सरकारले अपराधीलाई कैद मिनाह गरी आममाफी गरेको विषयले अपराधीले सरकार र राजनीति चलाइरहेको सन्देश गएको टिप्पणी गरे ।‘

अपराधीलाई राजनीतिकरण जुन किसिमले गरिएको छ र अपराधले राजनीतिलाई चलाउने, अब म आए आत्तिनु पदर्नै भन्ने खालको सन्देश  सरकारले दिदै जान्छ । निमुखालाई मात्रै कानून लाग्ने ?देशमा शान्ती सुरक्षा नै राम्रो नभएको परेकोले जनता देशमा बस्न नचाहेको भन्दै खनालले शान्ती सुरक्षाको अवस्था जर्जर भएको आरोप लगाए ।

‘देशलाई ऋणमा डुवाइदिएका छन् । आय आर्जनको कुनै क्षेत्र छैन । पढे लेखेका विद्यार्थी पनि बाहिर पलायन भएका छन् । राम्रा पढेकाहरु बाहिरबाट यहाँ आएर काम गर्ने वातावरण छैन । हुँदा हुँदै शान्ती सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेपछि यहाँ को बस्न खोज्छ र ?  मानिसले सबैभन्दा पहिला सुरक्षा खोज्छन्, बाँचु भन्छन, त्यो अवस्थामा मै राख्न नदिनि अब ? ’, खनालले भने ।

उनले प्रहरीले अनुसन्धान गरी दोषी ठहर भएका अपराधीलाई सरकारले छोड्दा सम्बन्धित निकाय चुप बस्ने प्रवृति राम्रो नभएको धारण पनि राखे ।खनालले भने, ‘प्रहरीले पनि अपराधीलाई छोड्ने कुरामा यो हुन्छ यो हुन्न भन्ने कुरा दह्रोसँग गर्नु पर्यो नि । प्रहरी संगठनका मान्छेले अपराधी समात्न सबैले खटेर, ज्यान हत्केलामा राखेर काम गरेका छन् नि । सबैलाई छोड्दिने हो भने किन प्रहरीले अपराधी समात्ने ?

सबै सरकारलाई छोड्दिए भौगो नि, अपराधीको करार पनि उनिहरुले नै गरुन,अभियुक्तलाई ल्याउन परे पनि यसलाई ल्याइदे भनून, कसैको मान्छेलाई बोलाउँदै यसो गर त्यसो गर भन्न पाइन्छ ? अनुसन्धान गरेको विषयमा आइजिले पनि यो वा त्यो गर भन्न पाउँदैन, अनुसन्धान गरेको कुरामा अनुसन्धान अधिकृत जिम्मेवार हुन्नु पर्छ ।  काम गर्नुपर्ने त्यसरी हो । त्यहाँ भएन भने अर्कोले सुपरभिजन गर्ने हो, नराम्रो काम गर्ने बद्मास छुट्न हुदैन भन्ने हो । त्यसकारण यसले संगठनप्रतिको नैतीक पक्षमा असर गर्छ ।’

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend