Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

रौतहटमा मिटर ब्याजका ३ सय ३४ उजुरी  फर्छ्यौट

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर १५, २०८०
In विविध
0

रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका २ हजार ७८ उजुरी मध्ये ३ सय ३४ वटा  फर्छ्यौट भएको छ ।जिल्ला भरीबाट प्रशासन कार्यालय गौरमा परेको मिटर ब्याज सम्बन्धी उजुरी मध्ये छलफलमा दुवै पक्षलाई राखेर फर्छ्यौट गरिएको हो ।

मिटर ब्याजी अर्थात साहु महाजनबाट ३ सय ३४ जनाले विभिन्न प्रयोजनका लागि ५ करोड ५२ लाख ५६ हजार ५ सय रुपैयाँ ऋण (कर्जा) लिएको पाईएको छ ।उक्त रकमको साँवा र ब्याज सहित ऋणीहरुबाट साहुले १२ करोड ६८ लाख ८९ हजार ३ सय ३० रुपैयाँ पाउनु पर्ने माग दाबी गरीएको थियो ।

तर जिल्ला प्रशासन कार्यालय रौतहटले दुवै पक्षलाई राखेर ७ करोड ५३ लाख १ हजार रुपैयाँमा मात्र मिलापत्र अर्थात सहमति गराएको छ ।प्रशासन कार्यालयले न्याययोचित एवं सम्मानजनक तरिकाले कसैको दबाव वा प्रभावमा नपरी मुद्दाको टुंगो लगाउने कार्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी मणिभुषण साहले बताइन् ।

उनका अनुसार दर्ता भएका ५ सय भन्दा बढी उजुरी माथी छानबिन गर्दा ३ सय ३४ वटामा दुवै पक्ष बीच सहमति भएको हो ।अहिले पनि दैनिक रुपमा उजुरी माथी छानबिन तथा अनुसन्धान गरी छलफलको माध्यमबाट सहमतिमा टुङ्गो लगाउने काम भैरहेको साहले जानकारी दिइन् ।

मिटर ब्याज सम्बन्धी परेको उजुरीमा छानबिन गर्दा मिटर ब्याजीहरुले ऋणीहरुलाई थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गराएको, दोब्बर तेब्बर सम्म बढीको बैंक चेक र जग्गा जमिन, घर घडेरी धितो बापत आफ्ना नाममा रजिस्ट्रेशन गराएको पाइएको उनको भनाई छ ।

कसैकसैले एक लाख रुपैयाँको २० लाख भन्दा बढी सम्म रकम असुली गरिसकेको तर पनि धितो वापत रजिस्ट्रेशन गराएका जग्गा पीडितलाई फिर्ता नगरेको भेटिएको छ ।उजुरी छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी) ले जबर्जस्ती हडपेका सर्वसाधारणको २ बिघा भन्दा बढी जग्गा सम्बन्धित व्यक्तिकै नाममा फिर्ता गराई दिएको छ ।

मिटर ब्याज सम्बन्धी समस्या समाधान गर्नका लागि रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी मणिभुष्ण साहको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट एक एक जना प्रतिनिधि रहने गरि चार सदस्यीय एक समिति गठन गरिएको छ ।सो समितिले जिल्लामा करिब ५ करोड रुपैयाँ भन्दा बढी रकम उल्लेख गरिएका कपाली तमसुक (कागज) पनि नष्ट गरिएको जनाएको छ ।

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend