Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन सीके राउत राजी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ३०, २०८१
In राजनीति
0

काठमाडौं : जनमत पार्टीका अध्यक्ष चन्द्र कान्त (सीके) राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि सरकार नचाहने र साना दलले संसदबाट व्यवस्था बदल्न सम्भव नभएको उल्लेख गर्दै आन्दोलन नै गर्नु पर्ने बताए । उनले आन्दोलनको नेतृत्वको गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लाई आग्रह गर्दै प्रधानमन्त्री बनाउने आश्वासन दिएका छन् ।

बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी(नेसपा)को स्थापना दिवस कार्यक्रममा अध्यक्ष राउतले साना दलको संसदमा दुई तिहाई नपुग्ने र ठूला दलले प्रणाली परिवर्तन गर्न नचाहने हुँदा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीको लागि सडकबाट संघर्ष गर्नुको विकल्प नभएको धारणा प्रकट गरे।

उनले आन्दोलनको नेतृत्व गर्न गृहमन्त्रीलाई आग्रह गर्दै भने,‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डामा हामीहरु सहमत नै छौं । एक किसिमले यो नै निकास हो भनेर मान्छौ पनि तर, अगाडि जाने बाटो के छ ? यो कुरा सरकारले गर्दिन्छ त ? गर्दैन ।’

राउतले भारतमा जवाहरलाल नेहरुले प्रधानमन्त्री नहुँदा सम्म आन्दोलन गर्ने अधिकार हुन्छ भनेर बोलेको  तर प्रधानमन्त्री भैसके पछि हामी सत्तामा आइसक्यौं किन आन्दोलन गर्नुपर्यो भन्न थालेको उदाहरण दिँदौ भने, ‘ यो एजेण्डा माओवादीकै हो तर, सत्तामा पुगिसकेपछि माओवादीले आफैं प्रधानमन्त्री बनाउने ठाउँमा छौं भन्नु हुन्छ, दुई चार जनालाई प्रधानमनत्री बनाउने हाम्रो हातमा भए पछि जनताको हातमा अधिकार किन दिने ? जनताले भोली बालेन जस्तो मान्छे लाई ल्याइ दियो भने हामीले के गर्ने भनेर उहाँहरु तयार हुनुहुन्न अहिले ।’

सरकारले प्रणाली परिवर्तन नगर्ने, संसद बाट साना दलले दुई तिहाई पुर्याउन नसक्ने उल्लेख गर्दै राउतले भने, ‘हामी जतिसुकै छट्पटाए पनि उसकै निर्वाचन आयोग छ । उसकै अख्तियार छ । उसकै संवैधानिक निकायहरु छ । सबैतिर सञ्जाल भएपछि उनीहरुकै निर्वाचन प्रणालीबाट संसदमा दुई तिहाई पुर्याउन सक्दैनौ ।

यदी कुनै पार्टीले दुई तिहाई पुर्यायो भने पनि निर्वाचन आयोगमा उजुरी हालेपछि त्यो पार्टी फुट्छ । जनमत पार्टीले आयोगमा कारबाहीको पत्र दिँदा दुई महिना सम्म पत्र हेर्ने फुर्सद नभएको निर्वाचन आयोगले २४ घण्टाभित्र पार्टी फुटाइ दियो । यो प्रणाली हुँदासम्म संसद बाट अगाडि जान सक्दैनौ ।’

सरकार र सदन परिवर्तनको मोर्चा बन्न नसक्ने बताएका राउतले नयाँ शक्तिहरु, नागरिक समाज मिलेर सडकबाटै प्रणाली परिवर्तनको तयारी गर्नुपर्ने बताए ।‘यसमा विचार मात्रै गरेर पुग्दैन । धेरै विचार भैसक्यो । अब कति विष्लेषण गर्नुहुन्छ ? अब सडकमा ओर्लिएर अगाडि बढौं ।  

मैले वीपी कोइराला पछिको नेताको रुपमा आन्दोलनलाई हाँक्न सक्ने नेता हुनु हुन्छ भनेर गृहमन्त्री ज्यु लाई पटक पटक भनेको छु । तपाईं आन्दोलनको लागि तयार हुनु होस् । प्रधानमन्त्री त त्यसै तपाई बन्नु हुन्छ । त्यो ठूलो कुरा होइन’, राउतले बताए ।

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend