१९ असार,काठमाडौं : संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यका लागि सहमति भएको छ ।सोमबार मध्यरातमा सत्ता सहकार्यका कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका छन् ।
सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।शुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्री सहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्री सहित १० वटा मन्त्रालय लिनेछ ।

सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ ।मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ । सत्ता सहकार्य सँगै एमाले र कांग्रेसले संविधान संशोधनको सहमति समेत गरेका छन् ।
ललितपुर स्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदा लाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्