काठमाडौं : जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।सीके राउत नेतृत्वको जनमत पार्टीको विहिबार बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनमतले यस अघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।
तर कांग्रेस-एमाले बीच नयाँ गठबन्धन बनाउने सहमति भए पछि मधेश प्रदेशको सरकार बचाउन नयाँ गठबन्धनमा लाग्ने पार्टीले संकेत गरेको छ ।अर्को तर्फ कांग्रेस-एमाले बीचको सहमतिमा पनि ३/३ प्रदेश भागबन्डा गरे पनि ‘मधेश प्रदेश’ मधेश केन्द्रित दल लाई दिने सहमति गरेका छन् । प्रतिनिधि सभामा जनमतका ६ सांसदहरु रहेका छन् ।
जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
यस्तै,जसपा नेपालले पनि प्रधानमन्त्री दाहाल लाई विश्वासको मत नदिने भएको छ ।विहिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री लाई विश्वासको मत नदिने निर्णय गरेको सांसद राज किशोर यादवले जानकारी दिएका छन् ।प्रधानमन्त्रीले शुक्रबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिदै छन् ।
सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिए पछि प्रधानमन्त्रीले संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्