Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भक्तपुर जिल्ला अदालतबाट १,३९६ वर्ष कैद भुक्तान हुन बाँकी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ५, २०८१
In विविध
0

भक्तपुर : भक्तपुर जिल्ला अदालत बाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख अनुसार फैसला कार्यान्वयन अन्तर्गत १३ सय ९६ वर्ष ६ महिना ६ महिना ३ दिन कैद भुक्तान हुन बाँकी रहेको हो ।

भक्तपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०७९।८० बाट १३ सय १० वर्ष ५ महिना १४ दिन कैद भुक्तान बाँकी रहेको र यो वर्ष ६ सय २५ वर्ष ११ महिना ११ दिन कैद फैसला भएकोमा ५सय ३९ वर्ष १० महिना १२ दिन मात्र फछ्र्यौट भएको तहसिलदार भवानी शङ्कर घिमिरेले जानकारी दिए ।

उनका अनुसार जरिवाना तर्फ भने अघिल्लो आर्थिक वर्षबाट २५ करोड ५० लाख ३ हजार ३ सय २४ रुपैंया जिम्मेवारी सरेर आएको थियो भने यो वर्ष ४६ करोड ९२ लाख ७९ हजार १ सय ७ जरिवाना फैसला भई जम्मा ७२ करोड ४२ लाख ८२ हजार ४ सय ३१ जरिवाना उठाउन बाँकी रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा १० करोड ६१ लाख ९८ हजार ७ सय ५९ रुपैंया फटर्यौट भएको उनले जानकारी दिए ।

यस्तै उनका अनुसार अव जरिवाना तर्फ ६१ करोड ८० लाख ८३ हजार ६सय ७२ रुपैंया जरिवाना उठाउन बाँकी रहेको समेत घिमिरेले जानकारी दिए ।उनका अनुसार फैसला कार्यान्वयनको निवेदन तर्फ अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ५ सय ८५ लगतमा ४ सय ९२ फछ्र्यौट गरी बाँकी ९६ रहेको तथा नयाँ दर्तातर्फ ७ सय ३८ मा २ सय ५१ फछ्र्यौट भएको र ४ सय ८७ बाँकी रहेको समेत जानकारी दिए।

तहसिलदार घिमिरेका अनुसार आर्थिक वर्ष २०८०।८१ मा कुल ५६।१६ प्रतिशत फैसला कार्यान्वयन भएको समेत जानकारी दिएका हुन् ।यस्तै क्षतिपूर्ति तर्फ भने अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएको ५४ लाख ३६ हजार ३ सय ५८ रुपैंया रहेको यो वर्ष ८ लाख ६० हजार ५ सय क्षतिपूर्तिको फैसला भएकोमा वर्ष भरीमा जम्मा ६ लाख ८७ हजार २ सय मात्र फछ्र्यौट भएको थियो ।

आगामी वर्षको लागि जिम्मेवारी सरेको क्षतिपूर्ति तर्फ ५६ लाख ९९ हजार १ सय ५८ रहेको तहसिलदार घिमिरेले जानकारी दिए । अदालतको फैसला कार्यान्वयनमा स्थानीय निकाय जिल्ला प्रशासन र प्रहरीको भुमिक महत्त्वपूर्ण हुने उनको भनाई रहेकाे छ ।


  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend