Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कांग्रेस भित्र असन्तुष्टि बढ्यो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १०, २०८१
In राजनीति
0

काठमाडौं,१० साउन : केन्द्रमा नयाँ सत्ता समीकरण बने सँगै प्रदेशमा पनि नयाँ समीकरण अनुसार सरकार निर्माण हुने क्रम चलिरहेको छ । तर प्रदेशमा नयाँ सरकार गठनका विषयलाई लिएर नेपाली कांग्रेस भित्र असन्तुष्टि बढेको छ ।

सभापति शेर बहादुर देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरुको नाम सिफारिस गर्ने क्रममा एकलौटी गरेको भन्दै बरिष्ठ नेता डा.शेखर कोइराला समूहले असन्तुष्टि व्यक्त गरेको छ । सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा देउवाले अहिले सम्म कोइराला सँग कुनै प्रकारको सल्लाह र समन्वय नगरेको समूहका नेताहरुले बताएका छन् ।

प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागीता बारे हिजो २०८१ श्रावण ८ गते मंगलबार दिउसो बिशालनगर स्थित आफ्नो सम्पर्क कार्यालयमा बृहत अन्तरक्रिया गर्दै अन्य प्रदेशको सरकार गठनमा आफ्नो समूहलाई सल्लाह र समन्वय नगरे देउवाको एकल निर्णय अस्वीकार गर्ने चेतावनी दिएको छ ।

डा. कोइरालाले उप-सभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सँग छलफल गरेका थिए । छलफलमा कोशीमा–२ वाग्मतीमा–३ गण्डकीमा २, लुम्बिनीमा, २, कर्णालीमा, १ र सुदुरपश्चिममा, १ जना मन्त्री आफ्नो समूहलाई दिनु पर्ने निष्कर्ष निकालेको थियो।

बैठक सकिए लगत्तै डा. कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समुहको धारणा सुनाउनुभएको कोइरालाको निजी सचिवालयले जानकारी दिएको छ । सचिवालय स्रोतले भन्यो, ‘कोइराला–देउवा संवादपछि अहिले सम्म सभापतिबाट कुनै जवाफ आएको छैन र विभिन्न प्रदेशमा भईरहेको सरकार गठन बारे सञ्चार माध्यममा आएका समाचार बाहेक कोइराला पुर्ण रुपमा बेखबर हुनुहुन्छ ।’

यता, कांग्रेसका महामन्त्रीद्वयले सभापति  देउवालाई लिखित ध्यानाकर्षण बुझाउने भएका छन् । महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर लिखित रूपमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

महामन्त्रीद्वयले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशितालाई ख्याल नगरेको‚ विवादित र स्वार्थ बाझिने सांसदहरूलाई मन्त्री बनाएको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।कोइराला समूहलाई वाइपास गर्दै देउवाले वुधबार बागमती र लुम्बिनीमा नयाँ समीकरण अनुसार गठन भएको सरकारमा एकलौटी रुपमा मन्त्रीहरुको नाम सिफारिस गरेका छन् ।

बागमती प्रदेशमा कांग्रेस नेता बहादुर सिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ भने लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ ।

  • 34shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend