४ भाद्र,जनकपुरधाम: जनता समाजवादी पार्टी (जसपा) नेपालका जनप्रतिनिधिको लागि पार्टीले भूमिका तय गरेको छ ।पार्टीका संघीय सांसद, प्रदेश सभा सदस्य र स्थानीय तहका जन-प्रतिनिधिलाई संगठन निर्माण अभियानका साथै आफ्नो भूमिका लाई प्रभावकारी बनाउन पार्टीले निर्देशन गरेको हो ।
जस अनुसार संसदमा राष्ट्रिय समस्या र जन-सरोकारका सवालहरू लाई सांसदले प्रभावकारी ढंग बाट प्रस्तुत गर्ने र प्रदेश सभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न भनिएको छ ।त्यस्तै पार्टीले सांसदहरु लाई सरकारका जनविरोधी कार्यहरू, जन सरोकारका सवालहरू र प्रदेशका समस्याहरू लाई जोडदार रूपले प्रस्तुत गर्न निर्देश गरेको छ ।
जसपा, नेपालले चार महिने आधारभूत संगठन निर्माण अभियानको दौरान स्थानीय तहका जन-प्रतिनिधि हरूको भेला गरी लोकप्रिय कार्यक्रम पारदर्शी ढङ्गबाट गर्न र त्यसको प्रचार–प्रसार जनताको बीचमा गर्नुका साथै स्थानीय तहका जनप्रतिनिधि हरूलाई आवश्यक प्रशिक्षणको व्यवस्था गर्न समेत भनेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्