Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अहंकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको छु : प्रचण्ड

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १३, २०८१
In राजनीति
0

१३ भाद्र,धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकार लाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठक पछि पत्रकार सँग कुरा गर्दै उनले सरकारको शुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिए पछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताए ।

उनले भने, ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु । उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारका विरुद्ध सडकमा आउँछौं । दुई तिहाइको घमण्ड नगर्नाेस्, तपाँइहरु सुध्रिनु होस्, राम्रो कामको समर्थन नै हुने छ तर तर लक्षण राम्रो गर्ने जस्तो देखिएको छैन । गल्ती गर्दै गए प्रतिपक्षले छाड्ने छैन, अहिले बेलैमा सचेत मात्रै गराइएको हो ।’

उनले अहिले दुई तिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै संविधान संशोधनका नाममा समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने शंका पैदा भएको बताए ।

उनले भने, ‘उहाँहरु संविधानमा माओवादी देख्नु हुन्छ । समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी, अहिले दुई तिहाइ भनेर संविधान संशोधन गर्ने कुरा ल्याउनु भएको छ । परिवर्तनका एजेण्डा जति माओवादीका भएकाले माओवादी लाई देखाइ दिने नाममा जनता माथि नै घात गर्ने खतरा आए हामी सडक बाट प्रतिवाद गर्नेछौं ।’

दुई ठूला पार्टी डराएर मिलेको टिप्पणी गर्दै संसदीय अभ्यासमा पहिलो र दोस्रो ठूलो पार्टी मिल्ने अभ्यास कहीँ नभएको पनि उनको भनाई छ ।उनले भने, ‘दुई ठूला पार्टी मिल्न नहुने हो तर भ्रष्टाचार विरोधी अभियानका कारण गराएर उहाँहरुले गर्न नहुने काम गर्नु भएको छ । उहाँहरुले भन्ने गरेको संसदीय व्यवस्थामा पहिलो र दोस्रो पार्टी कतै मिल्दैनन् । काँग्रेस आइ र बिजेपी मिलेर सरकार बनाउने कुरा चल्छ त इण्डियामा ? बेलायत, अमेरिका कतै यस्तो देखिदैन ।’

उनले वर्तमान सरकार निर्माणमा माफियाको भूमिका रहेको उल्लेख गर्दै सरकार निर्माण हुनु अघि वार्ता, सहमति कहाँ र कसका घरमा भए भन्ने विषयले पनि सरकार निर्माणमा विचौलियाको भूमिका के छ भनेर प्रष्ट देखिने बताए ।

उनले पार्टी फुट र विवाद हल्ला निराधार रहेको स्पष्ट गर्दै बरु विगतमा विभाजन भएका माओवादी पार्टीहरु सँग एकताको तयारी भइरहेको बताए ।

  • 14shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend