१८ असोज,काठमाडौं: प्रतिनिधि सभा सांसद सोविता गौतमले कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिएको जनाएकी छिन् ।बिहीबार पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग ९ एनपिएल ० ले नयाँ अध्याय थपेको र कर्णाली याक्सले कर्णालीको परिचय थप भएको गौतमले बताइन् ।
‘नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्दैछ । यो सुरूवातका लागि नेपाल क्रिकेट संघलाई हार्दिक धन्यबाद तथा बधाई,’उनले भनिन् ।
काठमाडौं २ क्षेत्र बाट सांसदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० गौतमले सामाजिक संञ्जालमा लेखेकी छिन्, ‘अनुपम प्राकृतिक सौन्दर्य, संस्कृती, भेषभुषा, जडिबुटी, अर्गानिक उत्पादन सँगै कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिने छ ।’
एनपिएल आगामी १५ मंसिर बाट ६ पुस सम आयोजना हुँदैछ । त्यसको लागि गत सोमबार कर्णालीले आफ्नो लोगो सँगै टिम नाम ‘कर्णाली याक्स’ घोषणा गरेको थियो ।कर्णालीले मुख्य प्रशिक्षक र टिम निर्देशकमा पूर्व कप्तान तथा नेपाल ‘ए’ टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ल लाई नियुक्त गरेको छ ।
टिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् ।सांसद गौतमले कर्णालीको प्रतिनिधित्व गर्ने कर्णाली याक्सले अत्यन्तै महत्वका साथ आफ्नो टिमको नाम, लोगो र मुख्य प्रशिक्षक सार्वजनिक गरेको बताउँदै टिमलाई शुभकामना दिइन् ।
उनले नेपाली क्रिकेटले एक दिन विश्वकप खेल्ने बताएकी छिन् । ‘एनपिएलमा आन्तरिक प्रतिस्पर्धा गज्जबको हुनेछ तर यो प्रतिस्पर्धामा कसैले हार्दैन । नेपालको क्रिकेट क्षेत्रले जित्नेछ र एक दिन नेपालले क्रिकेट विश्वकप जित्नेछ ।’



















आफ्नो प्रतिकृया दिनुहोस्