२७ असोज,काठमाडौं: वडा दशैंमा यस बर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहल-पहल बढी देखिएको छ । विगत वर्षका दशैंमा भन्दा यस बढी चहल -पहल देखिएको हो ।फुलपाती देखि नै सुनसान हुने काठमाडौंका सडकहरु विगतको तुलनामा बढी चहल-पहल देखिए ।
असोज दोस्रो साता परेको अविरल बर्षा पछि आएको बाढी पहिरोले उपत्यका बाट बाहिरिने धेरै सडक बिग्रिएकाले काठमाडौं छाड्नेहरुको संख्यामा कमी आउँदा यस्तो चहल-पहल देखिएको हो ।चहल-पहलका कारण सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो ।
ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्ष भन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ ।बाढी पहिरोले बिग्रिएको सडक बनिसके पनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रु मात्र राजधानी बाहिर गएका हुन् । यातायात व्यवसायीहरु ले पनि यस बर्ष २० लाख मानिसले काठमाडौं छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्