२८ असोज,काठमाडौं: कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पा सहितको टोली काठमाडौं उत्रिएको छ ।शेर्पा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् ।
३३ वर्षीया शेर्पाको टोलीले हालै तिब्बत स्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।उनी सहित निमा रिन्जि शेर्पा, मिङमा ग्याल्जी शेर्पा, निर्मल पुर्जा, तेजन गुरुङ, पासाङ तेन्जी शेर्पा, दावा ग्याल्जी शेर्पा, पासाङ नोर्बु शेर्पा र मिङमीतेम्बा शेर्पा लाई त्रिभुवन विमान स्थलमा बाजागाजा सहित स्वागत गरिएको थियो ।
सोमबार काठमाडौं फर्किएको टोली लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाल माउन्टेनियरिङ एसोसिएसनका पदाधिकारी, सदस्य एवम शुभेच्छुकहरु ले स्वागत गरेका हुन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्