Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

एनआरएनएको साधारण सभा सम्पन्न,  संस्था लाई  एकता बद्ध बनाउन आह्वान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २०, २०८१
In विविध
0

२० कार्तिक,काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को साधारण सभा भर्चुएल माध्यम बाट सोमबार आयोजना गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि  पूर्व पर राष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले  एनआरएनएले नेपालको विकास र अन्तर्राष्ट्रिय सम्बन्ध लाई थप सुदृढ बनाउन सक्नेमा विश्वास व्यक्त गर्दै, विदेशमा रहेका नेपालीहरुको अभियान लाई विचलन आउन नदिन आह्वान गरे।

महतले सहमतिको अधिवेशनको आवश्यकता रहेको पनि बताए ।उनले एनआरएनएका सदस्यहरुमा पार्टी भन्दा माथि उठेर देश र जनताको सेवाका लागि योगदान दिनेु मानसिकता विकसित हुनु पर्नेमा जोड दिए ।

उनले विदेशमा रहेका नेपालीहरुको अभियान लाई बलियो बनाउँदै नेपाल सँगको सम्बन्ध अझै प्रगाढ बनाउन एनआरएनएको भूमिका महत्वपूर्ण हुने बताए ।  उनले एनआरएनहरु संग रहेको पूँजी, योग्यता, सम्भावना र सृजना लाई नेपालको विकासमा जोड्ने हो भने बाहिरी सहयोगको आवश्यकता नपर्ने विश्वास पनि व्यक्त गरे ।

उनले भने, ‘यो संस्थामा बसेर म कसरी नेपालको विकासमा जोडिन सक्छु भन्ने मानसिकता राखेर काम गर्नु पर्छ । पदमा पुग्नै पर्छ भन्ने सोचाइ गलत हो । यदि हामी एकतामा लाग्यौं भने सफलता अवश्य प्राप्त हुने छ ।’

साथै, उनले एनआरएनएको उद्देश्य एक पटकको नेपाली सधैंको नेपालीु भन्ने भावना लाई सार्थक पार्नका लागि नेपाली समाजमा सहमतिमा अगाडि बढ्नु पर्नेमा जोड दिए ।नेकपा माओवादीका उप-महा सचिव  तथा पूर्व गृह मन्त्री शक्ति बस्नेतले सामाजिक तथा सांस्कृतिक विविधता नेपालको पूँजी भएको बताए ।

उनले परराष्ट्र मन्त्रालयको पहलमा हुन गइ रहेको बैठक एकताको ढोका खोल्न  सार्थक बन्ने विश्वास पनि व्यक्त गरे ।त्यसै गरी, उनले सन्  २००३ मा संघ स्थापना गर्दा देखेको सपना अझै साकार पार्न बाँकी रहेको बताउँदै संस्था लाई हास्य व्यंग्यको पात्र बन्न नदिन सबै लाई सतर्क रहन सुझाव दिए । 

एनआरएनए आइसीसीका अध्यक्ष आरके शर्माले ११ औं महाधिवेश नलाई एकताको महाधिवेशन बनाउन नसकेको दुख व्यक्त गरे ।शर्माले भने, ‘नेपाल सरकारको सह महान्यायाधि वक्ता नेतृत्वको समिति र सीबीआइले पनि निर्वाचन प्रक्रिया त्रुटि पूर्ण रहेको प्रमाणित गरि सकेको छ ।’

उनले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्नु संघको मूल मुद्दा रहेको उल्लेख गरे।संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले संस्था भित्र व्यक्तिगत स्वार्थ हावी भएको भन्दै सबै लाई स्वार्थ त्यागेर संस्था बलियो बनाउन आग्रह गरे। थापाले नेपाली भाषा, साहित्य, र संस्कृतिको प्रवर्द्धनमा एनआरएनएको ठूलो भूमिका रहेको भन्दै एकीकृत एनआरएनए बनाउने प्रयासमा जुट्न सबै लाई अनुरोध गरे ।

  • 35shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend