१० मंसिर,जनकपुरधाम: नेपाली कांग्रेसका सभापति एवं पूर्व-प्रधानमन्त्री शेर बहादुर देउवाले चिनियाँ परियोजना बीआरआई मार्फत अनुदानमा सहयोग लिइने बताएका छन् ।
प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न सोमबार जनकपुरधाम आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै बीआरआई मार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनु पर्ने कांग्रेसको अडान रहेको दोह्राएका हुन् ।
‘बीआरआई परियोजनामा हामी प्रस्ट छौं । ऋण होइन अनुदान लिनु पर्छ,’जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मी सित कुरा गर्दै कांग्रेस सभापति देउवाले भने,‘बीआरआई परियोजनामा छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए ।
त्यस्तै सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताए । ‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहि रहन्छ,’देउवाले भने,‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलहरुले पनि निर्णय गर्नु पर्ने हुन्छ ।’



















आफ्नो प्रतिकृया दिनुहोस्