२४ मंसिर,काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संग सरकारले अमानवीय र प्रतिशोध पुर्ण व्यवहार गरिरहेको प्रतिक्रिया दिएका छन् ।लामिछाने लाई पोखराबाट काठमाडौँ विमानस्थल हुँदै सोमबार पर्सा पठाउन लागिएको बेला प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।
‘अदालत बाट दोषी ठहर नभएका, अत्याधिक जनमत द्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछाने माथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,’प्रचण्डले फेसबुकमा लेखेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्