Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

डीडीसीको दूधमा कम तौल भेटिँदा विवाद: पूर्व-आयोजना प्रमुख माथि संलग्नताको आशंका

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १३, २०८२
In विविध
0

(मनिषा बस्नेत)१३ जेठ,काठमाडौं: दुग्ध विकास संस्थान (डीडीसी) बालाजु प्लान्टबाट बजारमा पठाइएको दूधको प्याकेटमा तौल कम पाइएको घटनाले संस्थानको साखमा गम्भीर प्रश्न उठाएको छ। आधा लिटर भनिएको प्याकेटमा परीक्षण गर्दा मात्र ४०० मिलिलिटर दूध भेटिए पछि यो विषय अनुसन्धानको घेरामा आएको हो।

घटना सँगै संस्थानका पूर्व आयोजना प्रमुख गणेश कुमार यादव माथि दूधको तौल हेरफेरमा संलग्न रहेको गम्भीर आरोप लागेका छन्। संस्थानका कर्मचारी संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यादवले जानाजान कम तौलको दूध उत्पादन गराई निजी डेरीहरू सँग मिलेमतोमा बजारमा पठाएको, संस्थानको आन्तरिक प्रणाली कमजोर बनाएको र आर्थिक अनियमितता गरेको आरोप लगाएका छन्।

राजनीतिक पहुँचको आडमा दीर्घकालीन नियन्त्रण
पूर्व आयोजना प्रमुख समेत रहेका यादव करिब ११ वर्षदेखि डीडीसीको विभिन्न प्लान्टमा कार्यरत रहँदै बालाजुमा जिम्मेवारी सम्हाल्दै आएका थिए। कर्मचारी संगठनका अनुसार, यादवले राजनीतिक पहुँचको आडमा शैक्षिक योग्यता अपुग हुँदा हुँदै नेतृत्वको जिम्मेवारी पाएका थिए। उनकी शैक्षिक योग्यता मात्र १२ कक्षा (I.Sc.) रहेको खुले पछि नियुक्ति प्रक्रिया नै विवादमा परेको छ।

सीसीटीभी फुटेज बाट संलग्नता पुष्टि हुने संकेत
कम तौल भएको दूध बजारमा कसरी पुग्यो भन्ने विषयमा डीडीसीका कर्मचारीहरूले एक पत्रकारको सहयोगमा नक्कली ग्राहक बनाएर नाटकीय ढंगले घटना सार्वजनिक गरिएको आरोप लगाएका छन्। सार्वजनिक सीसीटीभी फुटेजमा पूर्व-प्रमुख यादव स्वयं बूथमा पुगेर कम तौल भएको दूधको प्याकेट लिइरहेको दृश्य देखिएको दाबी गरिएको छ।

यदि फुटेज र प्रमाणबाट यादवको संलग्नता पुष्टि भएमा, डीडीसी कर्मचारी विनियमावली २०६३ अनुसार जानाजान संस्थानलाई क्षति पुर्‍याएको प्रमाणित हुने कर्मचारीलाई सेवा बाट बर्खास्त गर्न सकिने कानुनी प्रावधान छ।

संस्थानको प्रतिक्रिया
घटना बारे प्रतिक्रिया दिंदै डीडीसीका प्रवक्ता निलकण्ठ गौतमले प्याकिङ मेसिन सेटिङ वा कर्मचारीको सामान्य लापरवाहीका कारण तौलमा फरक आउन सक्ने सम्भावना रहेको बताए। “जानीजानी यस्तो प्याकेट बजारमा पठाउने सम्भावना निकै कम छ,” उनले भने। गौतमका अनुसार, सीसीटीभी फुटेजको आधारमा संलग्नता बारे स्पष्टिकरण मागिएको छ र त्यस पछि मात्र निर्णय लिइने छ।

बालाजु प्लान्टका म्यानेजर इन्द्र भूषण कुमार यादवले भने घटनालाई योजनाबद्ध भन्दै कर्मचारी बदनाम गर्ने र संस्थानमाथि गलत छवि निर्माण गर्ने प्रयास भएको दाबी गरे। “सीसीटीभी फुटेज केन्द्रीय कार्यालयमा पठाइएको छ, अनुसन्धान भइरहेको छ,” उनले भने।

किसान प्रभावित, संस्था विवादमा
डीडीसीमा देखिएको यस्तो अव्यवस्थाले ग्रामीण भेगका हजारौं दूध उत्पादक किसानहरू प्रभावित भएका छन्। उचित मूल्य नपाएर किसानहरू आन्दोलनमा जान बाध्य छन् भने कहिलेकाहीँ दूध फाल्नु पर्ने अवस्था सिर्जना भएको छ।

निष्कर्ष
कम तौल भएको दूध प्रकरणले डीडीसीको आन्तरिक व्यवस्थापन, अनुगमन प्रणाली र नेतृवमाथि गम्भीर प्रश्न उठाएको छ। यदि आरोप पुष्टि भएमा संस्थागत सुधार र कडा कारबाही अनिवार्य देखिन्छ, ताकि उपभोक्ता विश्वास कायम राख्न सकियोस्।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend