Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पूर्वाग्रहका आधारमा भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयबाट न्यायको आशा छ : अध्यक्ष माधव कुमार नेपाल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २४, २०८२
In राजनीति
0

२४ जेठ,काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू विरुद्ध पूर्वाग्रहका आधारमा भ्रष्टाचारको मुद्दा लगाउने प्रयास भइरहेको आरोप लगाएका छन्।

मधेस प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशन लाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको बढ्दो राजनीतिक प्रभाव देखेर केही व्यक्तिहरू आत्तिएको र बदला लिने भावना बोकेर गलत मुद्दा चलाउन खोजिएको बताएका हुन्।

“नेपालको राजनीतिमा अहिले हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण छ,” उनले भने, “यही कारणले केही व्यक्ति आतंकित भएका छन्, पूर्वाग्रह राखेर बसेका छन्। त्यसैको उदाहरण हो — म माथि भ्रष्टाचारको मुद्दा लगाउने प्रयास।”

अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नलिएको र कुनै अनुचित लाभ लिएको प्रमाण छैन भन्दै भ्रष्टाचारको आरोप निराधार भएको दाबी गरे। “मैले कसै सँग एक रुपैयाँ पनि घुस लिएको छैन, कुनै जग्गा अपचलन गरेको छैन, देश वा जनता लाई नोक्सान हुने काम कहिल्यै गरेको छैन,” उनले स्पष्ट पारे।

त्यस्तै, उनले न्यायालय प्रति विश्वास रहेको उल्लेख गर्दै भने, “गलत आरोपहरूमा पनि हामी दृढताका साथ उभिन्छौं। मलाई न्यायालयले निष्पक्ष न्याय दिनेमा पूर्ण विश्वास छ। हामीले सधैं भनेका छौं — नबिराउनु, नडराउनु।”

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

‘पूर्व-राष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ’

साउन ६, २०८२
राजनीति

भ्रष्टाचार विरुद्ध सडक संघर्ष गर्नुपर्ने प्रचण्डको चेतावनी

साउन १, २०८२
राजनीति

बिमलेन्द्र निधि माथि एमाले नेता रघुवीर महासेठको कडा आरोप

असार २२, २०८२
राजनीति

शिक्षा क्षेत्र समेतमा एमाले को सुनियोजित अवरोध  :बिमलेन्द्र निधि

असार २१, २०८२
राजनीति

एमालेको राजनीतिमा पुन: सक्रिय हुने विद्या भण्डारीको घोषणा

असार १४, २०८२
राजनीति

नेपा पार्टी सँगको एकता बढी महत्वपूर्ण छ : प्रचण्ड

जेष्ठ १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

सुक्खाग्रस्त क्षेत्रमा राहत पुर्‍याउन मधेश प्रदेश ऊर्जा मन्त्रालयको आठबुँदे योजना

साउन १४, २०८२

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

साउन १४, २०८२

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर भरि सुनामीको चेतावनी जारी

साउन १४, २०८२
sun

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

साउन १४, २०८२

मधेश प्रदेशमा डिप बोरिङ जडानको तयारी शुरु गर्न निर्देशन

साउन १३, २०८२

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध मुद्दा दर्ता

साउन १३, २०८२

जनकपुरमा किशोरीको हत्या, दुई जना घाइते

साउन १३, २०८२

बेलायतको पशुपतिनाथ मन्दिरमा साउनको विशेष चहल पहल, भजन–कीर्तन र पूजा–आराधनामा भक्तजनको घुइँचो

साउन १३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend