Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

एमालेको राजनीतिमा पुन: सक्रिय हुने विद्या भण्डारीको घोषणा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १४, २०८२
In राजनीति
0

१४ असार,काठमाडौं । पूर्व-राष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमाले राजनीतिमा फर्किने तयारीमा रहेको सुनाएकी छिन् । उनले जनताको सुख र राष्ट्रको समृद्धिका लागि आफ्नो दायित्व पूरा भइ नसकेकाले फेरि सक्रिय राजनीतिमा फर्किने संकेत गरेकी हुन् ।


भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरेको र अब एमालेको परिवारको सदस्यका रूपमा राजनीतिमा सक्रिय रहने भण्डारीको भनाइ थियो ।शनिबार जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती समारोह कार्यक्रममा बोल्दै उनले एमालेको राजनीतिमा पुन: सक्रिय भएको औपचारिक घोषणा समेत गरिन् ।


उनले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको घोषणा गरेकी हुन् ।उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताइन् ।

राजनीतिक यात्रामा आजका दिन सम्म आइपुग्दा राजनीतिक उतार चढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताइन् ।जननेता मदन भण्डारी द्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् ।


उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुन: जोडिएको छु । र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन्,’उनले भनिन्, ‘जननेताले भन्ने गर्नु हुन्थ्यो– जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नु भएको थियो– राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुन: स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारका कसीबाट खारिएका यी भनाई लाई आदर्श मानेर म समर्पित बनि रहनेछु ।’


भण्डारीले ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचाप लाई राम्रो सँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनु पर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ,’ उनले भनिन् ।’


‘यस्तो महत्वपूर्ण दायित्व पूरा गर्न नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा एमाले सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वास समेत लिएको छु,’उनले भनिन् । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए ।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

‘पूर्व-राष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ’

साउन ६, २०८२
राजनीति

भ्रष्टाचार विरुद्ध सडक संघर्ष गर्नुपर्ने प्रचण्डको चेतावनी

साउन १, २०८२
राजनीति

बिमलेन्द्र निधि माथि एमाले नेता रघुवीर महासेठको कडा आरोप

असार २२, २०८२
राजनीति

शिक्षा क्षेत्र समेतमा एमाले को सुनियोजित अवरोध  :बिमलेन्द्र निधि

असार २१, २०८२
राजनीति

पूर्वाग्रहका आधारमा भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयबाट न्यायको आशा छ : अध्यक्ष माधव कुमार नेपाल

जेष्ठ २४, २०८२
राजनीति

नेपा पार्टी सँगको एकता बढी महत्वपूर्ण छ : प्रचण्ड

जेष्ठ १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

सुक्खाग्रस्त क्षेत्रमा राहत पुर्‍याउन मधेश प्रदेश ऊर्जा मन्त्रालयको आठबुँदे योजना

साउन १४, २०८२

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

साउन १४, २०८२

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर भरि सुनामीको चेतावनी जारी

साउन १४, २०८२
sun

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

साउन १४, २०८२

मधेश प्रदेशमा डिप बोरिङ जडानको तयारी शुरु गर्न निर्देशन

साउन १३, २०८२

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध मुद्दा दर्ता

साउन १३, २०८२

जनकपुरमा किशोरीको हत्या, दुई जना घाइते

साउन १३, २०८२

बेलायतको पशुपतिनाथ मन्दिरमा साउनको विशेष चहल पहल, भजन–कीर्तन र पूजा–आराधनामा भक्तजनको घुइँचो

साउन १३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend