Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

शिक्षा क्षेत्र समेतमा एमाले को सुनियोजित अवरोध  :बिमलेन्द्र निधि

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २१, २०८२
In राजनीति
0

२१ असार,जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले जनकपुरका प्रमुख विकास योजनाहरूमा नेकपा एमालेले सुनियोजित अवरोध गरिरहेको आरोप लगाएका छन्।

शनिबार जनकपुरधाम स्थित नेपाली कांग्रेस धनुषाको जिल्ला कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले धनुषा क्षेत्र नं. ३ र ४ बाट निर्वाचित एमाले प्रतिनिधिहरुले राजर्षि जनक विश्व विद्यालयको केन्द्रीय भवन निर्माणमा अवरोध खडा गरिरहेको दाबी गरे।

उनले भने, “राजर्षि विश्वविद्यालय स्थापनाको प्रयासका क्रममा पहिले सहयोग गरे जस्तो देखिए पनि अहिले एमालेका नेताहरु नै त्यसको भवन निर्माण रोक्न सकृय छन्।”

निधिका अनुसार, विश्वविद्यालय स्थापनाका क्रममा एमालेकै केन्द्रीय नेताहरुलाई अवरोध नगर्न कांग्रेसले काठमाडौंमा समर्थन समेत गरेको थियो। तर अहिले त्यहि दलका स्थानीय नेताहरू अवरोध गरिरहेका छन्।

त्यस्तै, नगराईन नगरपालिकामा समेत एमाले नेताहरूले बजेट पास हुन नदिएको र मेयरको अधिकार कटौती गर्ने प्रस्ताव सहित कार्यविधि बनाउन दबाब दिएको आरोप निधिले लगाए। “सत्ता गठबन्धनमा रहेका दलहरूको न्यूनतम शिष्टाचार एमाले नेता बाट देखिएको छैन,” उनले गुनासो गरे।

जनताको शिक्षा र पूर्वाधार सँग जोडिएको जस्तो महत्वपूर्ण विषयमा एमालेले अवरोध गर्नु दु:खद भएको भन्दै निधिले कुनै पनि हालतमा धनुषाको फुलगामा क्षेत्रमा राजर्षि जनक विश्वविद्यालयको भवन बनाइने स्पष्ट गरे।

“जनताको हितमा कांग्रेस दृढ छ, विश्वविद्यालय भवन निर्माणका लागि आवश्यक सबै पहल हामी गर्छौं,” उनले प्रतिवद्धता जनाए।

  • 94shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

बिमलेन्द्र निधि माथि एमाले नेता रघुवीर महासेठको कडा आरोप

असार २२, २०८२
राजनीति

एमालेको राजनीतिमा पुन: सक्रिय हुने विद्या भण्डारीको घोषणा

असार १४, २०८२
राजनीति

पूर्वाग्रहका आधारमा भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयबाट न्यायको आशा छ : अध्यक्ष माधव कुमार नेपाल

जेष्ठ २४, २०८२
राजनीति

नेपा पार्टी सँगको एकता बढी महत्वपूर्ण छ : प्रचण्ड

जेष्ठ १२, २०८२
राजनीति

पानीको मुलुकमा पिउने पानीकै हाहाकार : नेता निधि

जेष्ठ १०, २०८२
राजनीति

राजा ल्याउने सपना एकैपटक पूरा हुदैन : अध्यक्ष लिङ्देन

जेष्ठ ६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

असार ३१, २०८२

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

असार ३१, २०८२

मन्त्री राजकुमार गुप्ताको राजीनामा, घुस ऑडियो प्रकरण पछि जिम्मेवारीबाट अलग

असार ३१, २०८२
sun

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

असार ३१, २०८२

धनुषाको सबैला नगरपालिकाका पूर्व इन्जिनियर र वडा अध्यक्ष सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

असार ३१, २०८२

मुख्यमन्त्री सिंह द्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि संघीय सरकार र दातृ निकायलाई सहयोगको आग्रह

असार ३१, २०८२

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

असार २७, २०८२

सांसद अशोक यादव माथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

असार २७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend