जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकारका लागि संघर्ष गर्नु पर्ने बताउँदै रोएर हैन, लडेर हक हासिल गर्नु पर्ने बताएका छन्।
शनिबार जनकपुरधाममा आयोजित समाजवादी दलित मुक्ति संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दलित समुदायको अधिकारका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताएका हुन्।

यादवले जसपा नेपाल दलितको हकहितका लागि संघर्षरत रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस अभियानलाई निरन्तरता दिने बताए। उनले दलित समुदायलाई आफ्नो लडाइँमा एकताबद्ध भएर साथ दिन आग्रहसमेत गरे।
उनका अनुसार, लोकतन्त्रमा सबै नागरिक समान हुनुपर्ने भए पनि देशमा अझै जातीय विभेद कायम छ। सबैभन्दा बढी जनसंख्या रहेको दलित समुदाय नै अधिकारबाट सबैभन्दा पछाडि परेको उनले उल्लेख गरे।
“दलित मात्र होइन, मधेशमा बसोबास गर्ने सबै जातजाति र समुदायले अधिकार नपाएसम्म हाम्रो संघर्ष जारी रहनेछ,” अध्यक्ष यादवले भने।



















आफ्नो प्रतिकृया दिनुहोस्