Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २६, २०८२
In राजनीति
0

२६ भदौ,काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प अझ बढी सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हुने भन्दै जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको बताएका हुन् ।

‘जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो। जेनजी पुस्ताको माग  न लोकतान्त्रिक व्यवस्था र संविधान विरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै। उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्र बाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं।’

प्रचण्डले कमजोरीका वावजूद पनि सामाजिक न्याय, समावेशिताको सवालमा अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान रहेको बताए ।‘हाम्रो ठहर छ, कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो। त्यसैले अहिलेको संक्रमणकालिन अवस्थाको निकास समेत संविधान सम्मत तरिकाले हुनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्र समुन्नत लोकतन्त्रको विकास हुने बताए ।

‘संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समिक्षा सहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै हामी समुन्नत लोकतन्त्रको विकास गर्न सक्छौं। यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीर रुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौं’, उनले भनेका छन् ।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend