Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सुशीला कार्की : प्रधानन्यायाधीश देखि प्रधानमन्त्री सम्म

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २८, २०८२
In नयाँ राजनीति घटनाक्रम
0

काठमाडौं । २००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा जन्मिएकी सुशीला कार्कीको परिवार कांग्रेस पृष्ठभूमिको हो । २०२५ सालमा द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गर्दा उनी १६ बर्षकी मात्र थिएन् । एसएलसी पछि उनी महेन्द्र मोरङ क्याम्पसमा प्रवीणता प्रमाण पत्र तह(आइए)मा भर्ना भएकी थिइन् ।

आइए पढ्दा खुल्ला राजनीतिको केन्द्र मानिने महेन्द्र मोरङमा विद्यार्थी राजनीतिमा लागेर उनी कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघमा सक्रिय थिइन् । ०२८ सालमा बीए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीति शास्त्रमा एमए गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी छिन् । तर पढाइका कारण उनी लामो समय विद्यार्थी राजनीतिमा सक्रिय हुन सकिनन् ।

खाद्य संस्थानको जागिर गर्दा गर्दै २०३५ माघ १७ मा सर्वोच्च अदालतबाट वकालतको लाइसेन्स लिए पछि उनले जागिर छाडेकी थिइन् । त्यस पछि ०३५ माघबाट वकालत अभ्यास सुरु गरेकी थिइन् ।

वकालत क्षेत्रमा रमाउन थाले पछि उनले अन्यत्रको बाटो खोजिनन् । यसै सिलसिलामा विराटनगरको पुनरावेदन अदालतमा बार अध्यक्ष सम्मको काम गरिन् । हक्की, निडर र नेतृत्वदायी भूमिका निर्वाह गर्न रुचाउने उनी वकालतमै कारण बेला बेला विवादमा पनि पर्ने गरेकी थिइन् । त्यो क्रम सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुँदा सम्म कायम रहयो ।

हुनत कार्कीले २०४२ देखि २०४६ साल सम्म महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन समेत गरिन् । उनको विषय कानुन नै भएकाले प्राध्यापन गर्नु अनौठो थिएन् । विराटनगर स्थित नेपाली कांग्रेसको कोइराला परिवारसँग निकट रहेको पारिवारिक पृष्ठ भूमिमा जन्मिएकी उनी कांग्रेसको विचार, आदर्श र सिद्धान्त सँग गहिरो झुकाव राख्ने गर्दिन् । प्रजातन्त्र सेनानी दुर्गा सुवेदी सँग विवाह गरेकी कार्कीको जीवन निकै संघर्षमय देखिन्छ ।

बरिष्ठ अधिवक्ता हुँदै अस्थायी न्यायाधीश बनेर सर्वोच्च अदालत भित्रिएको भनेको २०६५ माघ ९ गते हो । दुई वर्षका लागि अस्थायी न्यायाधीशका रूपमा सर्वोच्चमा नियुक्ति पाउने आठ जना मध्ये उनी एक्ली महिला थिइन्। तर दुई बर्ष पछि २०६७ मंसिरमा स्थायी न्यायाधीश नियुक्त भएकी हुन् । भ्रष्टाचारको कडा रुपमा विरोध जनाउँदै आएकी उनी आफू पनि साधारण जीवन विताउन रुचाउँछिन् ।

न्यायाधीश बने पछि तत्कालिन अवस्थामा बहालवाला मन्त्री जेपी गुप्तालाई जेल पठाउने गरी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि उनी थप चर्चामा आएकी थिइन् । त्यति मात्र होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्की विरुद्धको मुद्दामा फैसला पुनरावलोकन गर्न भनी दिएको निवेदनमा उनले मुद्दा ब्युँतिने गरी निस्सा हुने आदेश दिए पछि उनी धेरैको नजरमा मात्र परिनन् निशानामा पनि पर्दै आएकी थिइन् ।

देशको राजनीतिक बेथिति, विकृति, अनियमिताको खरो विरोध गर्दै आएकी उनी नेपालको  प्रधानन्यायाधीश र हाल अन्तरिम सरकारको प्रधानमन्त्री सम्म पुग्ने पहिलो महिला बनेकी छिन् ।तर प्रधानन्यायाधीश बने पछि उनी विवादरहीत बन्न सकिनन् । ०७३ सालमा प्रधानन्यायाधीश नियुक्त भए पछि ११ महिनाको कार्यकाल चरम विवादमा वित्यो । सोही क्रममा महाअभियोग पनि खेपिन ।

नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)को भन्ने विवादको विषयलाई लिएर कार्की माथि संसद् सचिवालयमा महाअभियोग दर्ता भएको थियो । उक्त विवाद चरम उत्कर्षमा पुगे पछि उनी पछि हट्नु परेको थियो ।

त्यस बेला आईजीपीमा जय बहादुर चन्दलाई नियुक्त गरेपछि नवराज सिलवाल सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले एकै दिनमा निवेदन लिएर सोही दिन चन्दलाई प्रहरीको प्रमुख नियुक्त नगर्न आदेश दिएको थियो ।

सोही फैसलाका कारण कार्की माथि महाअभियोग दर्ता भयो । कार्की विरुद्ध १७ वैशाख २०७४ मा सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदको हस्ताक्षर सहित महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको थियो । त्यस पछि उनलाई निलम्बनको पत्र थमाइएको थियो ।

सर्वोच्च अदालत भित्र पनि उनी चरम गुटबन्दीको शिकार बनेकी थिइन् । वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले सर्वोच्च भित्रै न्यायाधीशहरू बीच गुटबन्दी कार्कीलाई असहयोग गरेका थिए । महाअभियोगका सन्दर्भमा उनलाई कांग्रेसका केही नेताहरुले बचाउने प्रयास गरेका थिए ।

धेरैको दबाब र कानुनी प्रक्रिया अनुसार महाभियोग धेरै समय टिक्न सकेन । सोही बेला सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निस्क्रिय तुल्याइ दियो र कार्की पुन: सर्वोच्च नै फर्किएकी थिइन् ।

सत्ताको दुरुपयोग गरेर आफू माथि षडयन्त्र भएको बताउँदै आएकी उनी ०७४ जेठ २३ गते सेवा बाट अवकास लिएकी थिइन् । अवकास पछि सामान्य जीवनमा फर्किएकी कार्की पछिल्लो समय नागरिक अधिकार र सुशासनका पक्षमा खरो अभिव्यक्ति दिंदै आएकी थिइन् ।

यसै सिलसिलामा जेनजी पुस्ताहरुले आब्हान गरेको भ्रष्टाचार विरोधी र केपी ओली सरकारले गरेको सामाजिक संजाल प्रतिवन्धको विरोधमा कडा अभिव्यक्ति दिइन् । जसका कारण उनी जेनजी पुस्ताको रोजाइमा परिन् ।जेनजीको आन्दोलनले उग्ररुप लिए पछि ५१ जना बढीको मृत्यु भएको र अर्बौंको भौतिक संरचना नष्ट भ एपछि ओली नेतृत्वको सरकारले घुँडा टेकेको थियो ।

जेनजी पुस्ताको रोजाइमा परेकी उनी अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका छन् । प्रतिकूल परिस्थितिमा मुलुकको जिम्मेवारी सम्हालेकी उनको काँधमा आगामी फागुन २१ गतेलाई प्रतिनिधि सभा निर्वाचन गराउने कार्यभार आएको छ ।

६५ वर्ष भन्दा लामो इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनी औपचारिक नियुक्ति पछि नेपालमा प्रजातन्त्र आएको ७५ वर्षमा पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य पाएकी छिन् । अब नयाँ जनादेश मार्फत आउने प्रतिनिधिहरुलाई देश जिम्मा लगाएर विश्राम लिन उनले अझै ठूलो मेहेनत र संघर्ष गर्नु पर्नेछ ।

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

नयाँ राजनीति घटनाक्रम

बालेन र सुदन विरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी

अशोज २७, २०८२
नयाँ राजनीति घटनाक्रम

GEN-Z लाई गोलि हान्न आदेश दिनेहरुलाई पक्राउ गर्न माग

अशोज २६, २०८२
नयाँ राजनीति घटनाक्रम

जेनजी शहीद परिवारले सरकारसँग मागे तीन मन्त्रालय, तीन जनाको नाम सिफारिस

अशोज २३, २०८२
नयाँ राजनीति घटनाक्रम

जेनजी अलायन्सले अख्तियार प्रमुखको राजीनामा माग गर्दै गराए आयोगमा निवेदन दर्ता

अशोज २२, २०८२
नयाँ राजनीति घटनाक्रम

पूर्व-प्रधानमन्त्री सहित नेताहरू विरुद्ध GEN-Z समूहको जाहेरी प्रहरीले गरे अस्वीकार

अशोज २१, २०८२
नयाँ राजनीति घटनाक्रम

GEN-Z आन्दोलनमा शहीद र घाइतेको सपना पुरा गर्न सरकार जिम्मेवार हुनुपर्छ : प्रवेश दाहाल

अशोज १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend