काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागार र सुधारगृहबाट ठूलो संख्यामा कैदी फरार भएका छन्। असोज २० गते साँझ ६ बजे सम्मको अद्यावधिक विवरण अनुसार, देशभर ३० हजार ६४६ कैदीबन्दी मध्ये १४ हजार ५५६ जना भागेका थिए।
ती मध्ये १३ हजार ५८९ जना कारागारबाट र ९६४ जना सुधारगृहबाट भागेका हुन्।
नभागेका कैदी
कुल: १५ हजार ५२५ – कारागार: १५ हजार १६२ – सुधारगृह: ६६३
फिर्ता आएका कैदी
कुल: ८ हजार ८५१ – कारागार: ८ हजार ५१० – सुधारगृह: ३४१
हाल सम्म आउन बाँकी कैदी
कुल: ५ हजार ६९७ – कारागार: ५ हजार ७९ – सुधारगृह: ६१८
यसै बीच, आन्दोलनका घटनाक्रममा १० कैदीको मृत्यु भएको छ, जसमा ५ जना कारागार र ५ जना सुधारगृहका छन्।हाल देशभर कूल कैदी संख्या २४ हजार २२८ पुगेको छ। तीमध्ये २३ हजार ४३० कारागारमा र ७९८ सुधार गृहमा रहेका छन्।




















आफ्नो प्रतिकृया दिनुहोस्