Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २३, २०८२
In विविध
0

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले केपी शर्मा ओली, शेर बहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् ।विहीबार सामाजिक संजालमा आफ्ना धारणाहरु राख्दै उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्ने र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।


त्यस्तै उनले विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने भन्दै छठ पछि व्यवस्था परिबर्तनका लागि हुने शान्तिपूर्ण महाआन्दोलनमा सहभागी हुन पनि आब्हान गरेका छन् ।


प्रसाईंले लेखेका छन् :
देशको स्वाभिमान र स्वतन्त्रता जोगाउन विदेशी एजेन्टहरू र लुसिफर जस्ता विनाशकारी विचार बोकेका व्यक्तिहरूलाई देशबाट हटाउनु जरुरी छ।देशमा राजा, धर्म र संस्कृति नहुने हो भने त्यो देश दिशाहीन बन्छ। राजा राष्ट्रको प्रतीक हुन्, धर्म नैतिकताको आधार हो र संस्कृति हाम्रो पहिचान जब यी तत्व हराउँछन्, जनतामा अनुशासन, एकता र सम्मान हराउँछ। जसरी खेतमा धान माड्दा मियो नभए धान खेर जान्छ, त्यसै गरी देशमा राजा, धर्म र संस्कृति नभए समाज बिखण्डित र मूल्यहीन हुन्छ। हाम्रो परम्परा, संस्कार र आस्था नै हाम्रो वास्तविक शक्ति हुन्।

त्यसैले प्रहरीले भ्रस्टाचारमा संलग्न भएको आरोप उठेका गम्भीर प्रश्नहरू माथि कडाइका साथ, निष्पक्ष र कानूनी छानबिन गरी जवाफदेही बनाउन आवश्यक छ। विशेष गरी केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरू तुरुन्त पक्राउ गरेर तिनीहरुका विरुद्ध उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्दछ र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्छ / लिनु पर्ने कदम सम्झौतामुखी होइन, न्याय सम्मक हो।


साथै, शान्ति–सुरक्षामा खटिएका प्रहरी माथि आक्रमण गर्ने, प्रहरी चौकी पोस्ट जलाउने, प्रहरीलाई निर्धात कुटपिट गर्ने र सिंहदरबार देखि सर्वोच्च अदालत जस्ता ऐतिहासिक तथा संवैधानिक सम्पदामा आगो लगाउने जस्ता हिंसात्मक कार्यहरू हामी स्वीकार गर्न सक्दैनौं। यस्ता आपराधिक घटनामा संलग्नहरूलाई तुरुन्तै कानूनअनुसार कारबाही गरिनुपर्छ र कुनै प्रकारको अपवाद, छुट वा सहमति हुन सक्दैन , ऐतिहासिक सम्पदा नष्ट गर्ने गराउने कुनै पनि सच्चा नेपाली हुन सक्दैन,नेपालीको प्रतिनिधित्व हुन सक्दैन।

विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल हुँदैन, हुन दिइदैन , छठ पछि बेवास्था परिबर्तनका लागि हुने शान्तिपूर्ण महा(आन्दोलनमा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई एकताबद्ध भएर देश भरिबाट राजधानी केन्द्रित भयर शान्तिपूर्ण ढंगले सहभागी भएर आवाज उठाउन हार्दिक अपील गर्दछौं। हाम्रो आवाज साँच्चै न्याय र सँस्कृति बचाउने उद्देश्यले हुने छ । नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend