Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश प्रदेशमा मिटरब्याजीको विरुद्धमा संघर्ष चर्किदैं

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १८, २०७९
In प्रदेश
0

फागुन १८, जनकपुरधाम: मधेश प्रदेशको राजधानी जनकपुरधाममा लघुवित्त र मिटरब्याजीको विरुद्धमा संघर्ष चर्केको छ। मिटरब्याजी तथा लघुवित्त पीडितहरुले ब्यानर, प्लेकार्ड सहित नाराबाजी गर्दै नगरमा विरोध प्रदर्शन गरेको हो । लघुवित्तहरूको ब्याजदर तथा मिटरब्याजी विरुद्ध पीडितहरुले चर्को बिरोध प्रदर्शन गर्दै रंगभूमि मैदान देखि जानकी चौक,धनुषा पथ, मिल्स एरिया ,भानुचौक,जनक चौक, रामचौक, जिल्ला प्रहरी कार्यालय ,जिल्ला प्रशासन कार्यालय हुदैं कदमचोक सम्मको परिक्रमा गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले सुदखोरहरूलाई गिरफ्तार गर्न, तमसुक व्यवस्था खारेज गर्न, मिटरब्याजीको सम्पति छानबिन गर, पीडितको सम्पती फिर्ता गर्न, मिटरब्याजीले गरेको शोषणको छानबिन गरी दोषीलाई कारवाही गर्न लगायतका भिषण नाराहरू लगाएका थिए। बिरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारिहरु मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए। सो प्रयासलाई प्रहरीले निस्तेज बनाएका थिए।

मिटरब्याज तथा लघुवित्त संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले मिटरब्याजी बिरुद्ध संघर्ष समितिले १० सूत्रिय माग राखेको भन्दै उनले मिटरब्याज पीडितमाथि सुदखोरको शोषण बढेको, मुद्दा लगाएर जेल पठाउने काम गरिरहेको र घर, घडेरी, सम्पती गैरकानूनी रुपमा कब्जा गर्ने काम गरेको बताएका छन् ।

संर्घष समितिले मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, पीडितहरुको जफत गरिएको सम्पती फिर्ता गर्नुपर्ने, मिटर ब्याजीको सम्पती छानबिन हुनु पर्ने, मिटर ब्याजीबाट पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीबाट पीडितमाथि गरिएको शोषणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ। यस्तै सहुलियत दरमा ऋणको व्यवस्था, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, लघुवित्तको ज्यादती बन्द हुनुपर्ने, गरिबलाई झुक्याएर पैसा लुट्ने लघुवित्त माथि कारबाही गर्नुपर्ने लगायतको माग रहेको छ ।

‘गाउँ-गाउँमा लघुवित्तको पनि त्यतिकै आतंक भएको र मिटर व्याजले कैयौँ मानिसलाई घरबारविहीन बनाएको छ’, बैंकहरुको चर्को ब्याजदर, लघुवित्त र मिटरब्याजीहरुको कारण आम-नागरिकहरु क्षिन्न भिन्नभै घरबारविहिन बन्नुपर्नेका कारण आत्महत्या गर्नुपर्ने समेतको अवस्था श्रृजना भएको बताउँदै सरकारलाई गरिब तथा सोझा जनताहरुको समस्याहरूमा कुनै सरोकार नभएको सपही निवासी मिटरब्याजीबाट पिडित रहेका जनकपुरधाम-२ का एक नागरिकले आफ्नो आक्रोश पोखेका छन् ।

  • 99shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend