जनकपुरधाम : मधेश प्रदेश सरकारले आफ्नो छुट्टै प्रहरी प्रशासनको माग गर्दै संघीय सरकारको ध्यानाकर्षण गराउने भएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले यसका लागि प्रधानमन्त्रीलाई बिहीबार ज्ञापनपत्र बुझाउने जानकारी दिएका छन्।

मुख्यमन्त्री यादवले प्रदेशको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधन स्रोत नहुँदा आवश्यक काम गर्न नसकेको आज पत्रकार सम्मेलनमा बताए । उनले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै भोलि बिहीबार ज्ञापनपत्र बुझाउन लागिएको बताए ।

यो मागमा प्रतिपक्षी दलको पनि साथ रहेको भन्दै एक महिना भित्र माग पूरा नगरे संघीय सरकार विरुद्ध घनघोर आन्दोलन गर्ने मुख्यमन्त्री यादवले चेतावनी दिए ।यसपाली आरपार को लडाई हुन्छ।उस्तैपरेमा, ‘संघीय राजधानी र जनकपुरमा मात्रै होइन, गाउँ गाउँ,शहर ,नगर समेतमा आन्दोलन हुन्छ’ यादवले सम्वाददाताहरुसँग गम्भीर ढंगले भनेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्