जनकपुरधाम : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनियताको शपथ लिएका छन् ।शुक्रबार दिउँसो सिंह लाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा शपथ लिएका थिए ।मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजे सम्म सरकार बनाउन दावी पेश गर्न समय दिएकी थिईन् ।
जनमत पार्टीको पक्षमा सरकार बनाउने संख्या पुगे पछि प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सतिश सिंहले दाबी पेस गरेका थिए ।मुख्यमन्त्री सिंह एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा नियुक्त भएका हुन् ।
१०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्