१७ पौष,जनकपुरधाम: मधेश प्रदेश सरकारले सहिद परिवारलाई स्वास्थ्य बिमाको व्यवस्था गरी समाजमा सकारात्मक सन्देश दिन महत्वपूर्ण कदम चालेको छ। लोकतन्त्रको स्थापना र मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद परिवारको स्वास्थ्य सुरक्षाका लागि यो निर्णय अत्यन्त प्रशंसनीय छ।
यसले शहिद परिवार प्रति राज्यको जिम्मेवारी पूरा गर्न सहयोग पुग्नेछ र समाजमा सरकार प्रति विश्वास बढाउनेछ। साथै, यो पहलले शहिद परिवार लाई सम्मानजनक जीवनयापनका लागि सहयोग पुर्याउने छ।
१)स्वास्थ्य बिमाको सहुलियत: सहिद परिवारका प्रत्येक परिवारलाई वार्षिक रु ३५०० को स्वास्थ्य बिमा उपलब्ध गराइनेछ, जसबाट परिवारका पाँच जना सम्म सदस्यले स्वास्थ्य उपचारको लाभ लिन सक्नेछन्।
२)बजेट विनियोजन: चालु आर्थिक वर्ष २०८१ र ८२ का लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ।
३)सम्झौता र विवरण सङ्कलन: गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य बिमा बोर्ड बीच सम्झौता भएको छ। सहिद परिवारको विस्तृत विवरण सङ्कलन गर्न कर्मचारीहरू खटाइ सकिएको छ।
४)सकारात्मक प्रतिक्रिया: समाजका बुद्धिजीवीहरूले यस कदमलाई सकारात्मक रूपमा लिएका छन् र सरकारलाई जनकल्याणकारी कार्यक्रम अघि बढाउन प्रोत्साहित गरेका छन्।
मधेश सरकारले सहिद परिवारका लागि स्वास्थ्य बिमाको योजना ल्याउनु अत्यन्तै सकारात्मक कदम हो। यस कदमले स्वास्थ्य क्षेत्रमा सहिद परिवार प्रति सरकारको प्रतिबद्धता र सम्मानलाई स्पष्ट पार्छ साथै यो योजना अन्तर्गत सहिद परिवारका सदस्यहरूले सहज रूपमा स्वास्थ्य सेवाको पहुँच पाउने छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्