३ माघ,जनकपुरधाम: मधेश प्रदेश सरकारले कवाड व्यवसायीहरूको सम्मान, मर्यादा र जीविकोपार्जन प्रति सद्भाव व्यक्त गर्दै सरल र सहज ढंगले व्यवसाय सञ्चालन गर्न वातावरण निर्माण गर्न काठमाण्डौ महानगरपालिका लाई आग्रह गरेको छ।
कवाड़ व्यवसायी समाज नेपालले मुख्यमन्त्री सतिश कुमार सिंह लाई ज्ञापनपत्र बुझाए पछि बुधबार उहाँका प्रेस सल्लाहकार अनिल कुमार कर्णले विज्ञप्ति मार्फत उक्त आग्रह गरेका हुन्।
विधि र प्रक्रिया अनुसार सम्बन्धित सरकारी निकायमा दर्ता गरी कर तिर्दै आएका कवाड़ व्यवसायी र यस व्यवसायमा आश्रित श्रमिक लाई रोजगार विहीन बनाउने महानगरपालिकाको भनाइ प्रति चिन्ता व्यक्त गर्दै विज्ञप्तिमा उक्त व्यवहार प्रति गम्भीर ध्यानाकर्षण गरिएको छ।
व्यवसाय लाई सुरक्षित, जोखिम रहित र मर्यादित बनाउन मापदण्ड निर्धारण गरी त्यसको कडाइका साथ पालन गर्ने विकल्प हुँदा हुँदै पनि घरघरमा गएर पुन: प्रयोग योग्य फोहोर सङ्कलन, निर्यात र प्रशोधन गर्ने कवाड़ व्यवसायी लाई विस्थापित गर्ने प्रयास उचित नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्