२६ माघ,जनकपुर: मधेश प्रदेशका मुख्यमंत्री सतीश कुमार सिंहले जनकपुरमा गैरकानुनी रूपमा सञ्चालन भइरहेको निजी अस्पतालहरूको अनुगमन गरेका छन्। यस क्रममा उनले भ्रमरपुरा चौक स्थित मोडर्न अस्पताल एण्ड रिसर्च सेन्टरको संचालन प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै त्यहाँको कार्यशैलीको समिक्षा गरेका छन्। साथै, उनले अस्पतालको अनियमितता बारे तत्काल आवश्यक कार्यवाही गर्न निर्देशन दिएका छन्।

मुख्यमंत्री सतीश कुमार सिंहले मोडर्न अस्पताल एण्ड रिसर्च सेन्टरमा गरिएको औषधि पसलको चेकजाँच पनि गरेका छन्। यस क्रममा उनले अस्पतालमा औषधि राख्ने स्टोरेजको लापरवाहीपूर्ण तरिका र कर्मचारीहरूको योग्यता माथि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार, यस प्रकारको असावधानीले स्वास्थ्य सेवामा असर पुर्याउन सक्छ, र त्यसैले यस्ता समस्याहरूको समाधान आवश्यक छ।



















आफ्नो प्रतिकृया दिनुहोस्