९ जेठ,जनकपुरधाम,मधेश प्रदेश: जनमत पार्टीको नेतृत्वमा सञ्चालित मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई मन्त्रीलाई फिर्ता बोलाएको छ।
मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वमा रहेको सरकारबाट वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अली लाई पदबाट फिर्ता गरिएको हो।

पुनर्गठन अन्तर्गत संजय कुमार यादव लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने वसन्त कुशवाहा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा नियुक्त भएका छन्। दुवै मन्त्रीले बिहीबार अबेर साँझ शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण पछि उनीहरूले आफ्नो-आफ्नो मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्।
बजेट प्रस्तुतीका लागि जम्मा १७ दिन मात्र बाँकी रहेका बेला भएको यो मन्त्री फेरबदल प्रति सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ। धेरैले यो कदमलाई सरकारको कार्यक्षमता र स्थायीत्व माथिको प्रश्नका रूपमा उठाइ रहेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्