Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

GEN-Z आन्दोलनले उठाएका विषय सम्बोधन गर्न जरुरी: नेता पौडेल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ११, २०८२
In राजनीति
0

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेनजी आन्दोलनले समाजमा गहिरो रूपमा जकडिएका र राजनीतिक दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषयलाई उठाएको बताएका छन्। उनले ती विषय अब रुपान्तरणको यात्रा मार्फत सम्बोधन हुनुपर्ने आवश्यकता औंल्याए।

रामेछापमा पत्रकारसँगको अन्तरक्रियामा बोल्दै पौडेलले आन्दोलनका क्रममा गैरजेनजी समूहले स्वार्थ पूर्ति गर्ने उद्देश्यले उत्पात मच्चाएको दाबी गरे। “जेनजी आन्दोलन विषयविहीन थिएन, यो दलहरुले सुधार गर्न नचाहेका वा नसकेका मुद्दा उठाइएको आन्दोलन हो,” उनले भने।

उनका अनुसार आन्दोलनका माग गम्भीर र संवेदनशील थिए तर त्यसकै आडमा स्वार्थका खेल पनि देखियो। “नेपालमा अहिले सम्मकै ठूलो क्षति भएको छ। गैरजेनजीले आन्दोलन भित्र घुसी उत्पात मच्चाए र राष्ट्रिय/अन्तर्राष्ट्रिय स्वार्थले परिस्थिती जटिल बनायो,” पौडेलले टिप्पणी गरे।

आन्दोलनको पहिलो दिनमै ठूलो संख्यामा युवाले सहादत प्राप्त गरेको घटनालाई गम्भीर रूपमा लिनु पर्ने भन्दै उनले छानबिन आवश्यक रहेको बताए। “राज्यले आफ्ना नागरिक र सम्पत्ति जोगाउन नसकेको विषय प्रश्न बनेको छ। यसलाई सामान्य रूपमा लिन मिल्दैन, सरकारले तत्काल छानबिन गर्नु पर्छ,” उनले जोड दिए।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पौडेलले अब देश स्थिरता र सही मार्ग तर्फ अघि बढ्नु पर्ने उल्लेख गर्दै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन नै समाधानको बाटो भएको बताए। “राज्यका संयन्त्रमा उठेका प्रश्नको जवाफ दिनु पर्छ, तभी समस्या समाधान हुन्छ,” उनले स्पष्ट पारे।

पौडेलले आफू सरकारको क्याबिनेटमा अन्तिम समयसम्म जेनजी आन्दोलन र सामाजिक सञ्जाल सम्बन्धी विषय उठाउने पहिलो व्यक्ति भएको पनि स्मरण गरे। उनले सामाजिक सञ्जाल बन्द गर्नु हुँदैन भन्ने अडान राखेको बताए।

त्यस्तै, २३ गते नै राजीनामा दिने मनस्थितिमा रहे पनि पार्टीसँग छलफल आवश्यक भएकाले भोलिपल्ट मात्र राजीनामा दिएको बताए। “प्रधानमन्त्री लाई समेत यस्तो अवस्थामा पदमा बसिरहनु हुँदैन भन्ने सोचेर राजीनामा बुझाउन बालुवाटार जाँदै थिएँ, तर परिस्थिती बदलिएकाले अन्तत: सामाजिक सञ्जाल मार्फत नै राजीनामा दिएको हुँ,” उनले सुनाए।

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend