Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २९, २०८२
In प्रदेश
0

जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार गठनको राजनीतिक रस्साकस्सी पछि अन्तत: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) अनुसार बुधबार सोनललाई प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा औपचारिक रूपमा नियुक्त गरेकी हुन्। उनले आजै प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर नियुक्ति-पत्र ग्रहण गरेका छन्।

यस अघि मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि विभिन्न दलबीच तीव्र राजनीतिक चलफल चलेको थियो।मंगलबार तत्कालीन मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बुधबार दिउँसो ४ बजे सम्म समय निर्धारण गरेकी थिइन्।

सोही समयसीमा भित्र लोसपाको नेतृत्वमा पाँच दलीय गठबन्धनले नयाँ सरकार गठनको दाबी पेश गरेको थियो।गठबन्धनमा लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका केही सांसद सहभागी छन्।यी पाँच दलका ५६ जना प्रदेशसभा सदस्यले संयुक्त रूपमा सोनलको नेतृत्वमा सरकार गठनको दाबी पेश गरेका थिए।

यसअघि नेपाली कांग्रेसले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन प्रयास गरेको थियो।कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा एमाले र जनमत पार्टीको समर्थनसहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष बुझाइएको थियो। तर अन्तिम समयमा जनमत पार्टीले कांग्रेसको साथ छोड्दै लोसपाको नेतृत्वमा बन्न लागेको नयाँ गठबन्धनमा सहभागी हुने निर्णय गरेपछि सत्ता समीकरण लोसपाको पक्षमा पुगेको हो।

मंगलबार राति देखि नै चलेको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्त ठाकुरको उपस्थितिमा गठबन्धन बीच अन्तिम सहमति भएको थियो।त्यसपछि बुधबार बिहान नै गठबन्धनका प्रतिनिधिहरूले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको दाबी बुझाएका थिए।

यससँगै मधेश प्रदेशमा अब लोसपाको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ।मुख्यमन्त्री सोनलले छिट्टै नयाँ मन्त्रिपरिषद् गठन गरी राजनीतिक स्थायित्व र प्रदेशको विकासलाई प्राथमिकता दिने बताएका छन्।

  • 14shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend