Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ३०, २०८२
In प्रदेश
0

जनकपुर । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतीश कुमार सिंहले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूलाई ‘वन म्यान आर्मी’ ठान्ने प्रवृत्तिका कारण पार्टी फुटाएको बताएका छन्।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा सिंहले अध्यक्ष राउतले जहिले पनि पार्टीभित्र एकलौटी निर्णय गर्ने प्रयास गरेको आरोप लगाए। उनले भने, “डा. राउत आफूलाई भगवान शिव सम्झन्छन् र हामी कार्यकर्ताहरू भस्मासुर बन्न बाध्य भएका छौं।”

सिंहका अनुसार कुनै पनि पार्टी केवल अध्यक्षले मात्र होइन, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूको सामूहिक योगदानले चल्ने हो। तर, राउतले अरू कसैको विचारलाई सम्मान नगरी, आफूलाई मन लागेको मात्र गर्ने गरेको उनको आरोप छ।

पूर्व मुख्यमन्त्री सिंहले जनमत पार्टी अध्यक्ष राउतले गठबन्धनमा रहँदै पनि गठबन्धनका अन्य दलहरू माथि अनावश्यक टिप्पणी गर्ने गरेको समेत बताए।उनले नयाँ बनेको मधेश प्रदेश सरकारलाई संघीयता सुदृढ पार्न आग्रह गर्दै भने, “संघीयता मधेश र मधेशवासीका लागि अपरिहार्य छ, त्यसलाई जोगाउन सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्छ।”

जेनजी आन्दोलनपछि क्षतिग्रस्त भएका सरकारी संरचना र सामग्रीहरूको यकिन विवरण तयार गर्न उनले नयाँ सरकारलाई सुझाव दिए। “बाँकी रहेका सामानहरू पनि कसैले लगे र पछि ‘जेनजी आन्दोलनमा नष्ट भयो’ भनेर गलत सूचना नफैलियोस्,” उनले भने।

पूर्व मुख्यमन्त्री सिंह हाल जनमत पार्टी फुटाएर गठन गरिएको जनस्वराज पार्टीमा गएका छन्। आजै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्, जस सँगै सिंहको कार्यकाल औपचारिक रूपमा समाप्त भएको छ।

  • 7shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

अशोज २९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend