Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कोरोना विरुद्ध प्रदेश नं. २ सरकारको तैयारी तिव्र

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २१, २०७६
In प्रदेश
0

२१ चैत,जनकपुरधाम। प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि युद्धस्तरमा तैयारी थालेको छ । महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा दैनिक ज्यालाका मजदूरलाई स्थानीयतहमार्फत राहत उपलब्ध गराइरहेको प्रदेश सरकार महामारी नियन्त्रणका लागि दोस्रो चरणमा प्रवेश गरेको छ । महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा गठित कोरोना महामारी नियन्त्रण निर्देशक समितिको आज सम्पन्न बैठकले प्रदेशमा नमूना क्वारेन्टाइनको व्यवस्थापन, आइसियुको निर्माण, धनुषाको लालगढस्थित चर्मरोग अस्पताललाई इन्टेन्सिभ केयर युनिट निर्माणको लागि अध्ययन गर्न विज्ञ टोलीलाई जिम्मा दिनुका साथै मुजेलियामा सुविधा सम्पन्न क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।
यसका साथै, बैठकले महामारीसँग लडन आठवटै जिल्लामा एक÷एक वटा एम्बुलेन्स र शवबाहनको व्यवस्थापन गर्न कार्यकारी समिति र समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताउनुभएको छ । बैठकले प्रदेशमा चिकित्सक तथा नर्सको अभाव देखिए स्वयंसेवकको रुपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तयारीमा जुट्नसमेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षणका लागि पिसिआर मेशिन जडान भई परीक्षण शुरु गरिसकेको अवस्थामा प्रदेशका प्रमुख व्यापारिक नगरी विरगञ्ज र सप्तरीको राजविराजमा पनि उक्त मेशिन जडान गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै प्रदेशमा भेन्टिलेटरसहितको आइसियु तयार गर्नसमेत निर्देशन दिएको छ । प्रदेशका लागि ५० वटा भेन्टिलेटर खरिद गरी प्रादेशिक अस्पताल जनकपुरमा १०, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १० र अन्य छ जिल्लामा पाँच÷पाँच भेन्टिलेटर जडान गर्न निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताउनुभयो । समितिले अहिलेको विशेष परिस्थितिमा विगतजस्तो खरिद प्रक्रियाले तयारी गर्न नसकिने भएकाले खरिद प्रक्रियालाई समेत खुकुलो बनाउने निर्णय गरेको छ । यस निर्णयले खरिद ऐको विशेष परिस्थितिबमोजिम दु्रत मार्गबाट आवश्यक सामग्री खरिद गर्न सकिने छ । यसका साथै, प्रदेश सरकारले महामारी नियन्त्रणका लागि प्राविधिक रणनीति आवश्यक रहेको महसुस गर्दै महामारीविरुद्ध विशेष रणनीति बनाउन स्वास्थ्य क्षेत्रका विज्ञ सम्मिलित स्वास्थ्य सल्लाहकार समितिसमेत गठन गरेको छ । उक्त समितिलाई थप विशेषज्ञ राय सुझावसहित महामारी नियन्त्रणका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ । समितिले निर्देशन समितिको निर्देशनबमोजिम आजबाट आफ्नो काम शुरु गरिसकेको छ । यो समितिले चिकित्सकहरुको लागि प्रोटोकल निर्माणदेखि नियन्त्रणको अन्य उपायहरुबारे आफनो सुझाव सरकारलाई दिनेछ ।(रासस)

  • 3shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

अशोज २९, २०८२
प्रदेश

मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा, नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान

अशोज २८, २०८२
प्रदेश

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वास मत लिने

अशोज २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend