जनकपुरधाम , साउन ४ गते ।
जल तथा मौसम विज्ञान विभागले अनुमान गरे अनुसार आज विहान प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधाम सहितका प्रदेशका अधिकांश जिल्लाहरुमा हल्का वर्षा सुरु भएको छ ।
राति देखि नै हल्का वर्षा भएपनि विहान सवा ६ बजे देखि अली बढी वर्षा भएको थियो । आकाशमा वादल लागेकाले वर्षाको सम्भावना यथावत रहेको छ । खास गरेर विहान देखि वर्षा सुरु भएपछि यस अधि डुवानमा परेका नगरवासी सहित आम जनता मारमा परेका छन् ।
जनकपुरधामको वडा नंं ४, ७, ८, ९, १२ तथा १३ का वडाहरु वर्षाको पानी निकास नपाएर बढी मात्रामा प्रभावित हुने गरेको छ । यी वडाहरुमा ढलको व्यवस्था नभएको र उत्तर तर्फको वर्षाका पानीहरु पसेर जलमग्न हुने गरेका कारणले कतिपयको घर आङ्गन तथा कार्यालयहरु डुवानमा पर्ने गरेका छन् ।
केहि बाटोहरुको अवस्थामा राम्रो नभएको र विशेष गरि डुबान क्षेत्र मा घर बनाई बास गरेका बासिन्दा हरु लाइ यस्तो अवस्था आएको हो ।
वर्षाका कारणले ग्रामिण क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बनेको छ । बढी वर्षा भएको खण्डमा धानको वेर्ना पनि गल्ने अवस्था रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्