Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रदेश २ सरकारमा सहभागी हुन जसपा र काँग्रेस बीच सहमति

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २६, २०७८
In प्रदेश
0

२६जेठ,धनुषा : प्रदेश २ मा जनता समाजवादी पार्टी नेपाल(जसपा) नेतृत्वको सरकारमा सहभागी हुन नेपाली काँग्रेस र जसपाबीच २ बुँदे सहमति भएको छ । जसपाका तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता लालबाबु राउत र काँग्रेसका तर्फबाट संसदीय दलका नेता रामसरोज यादवले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बद्र्धन तथा सुदृढीकरण गर्न राउत नेतृत्वको सरकारमा सहभागी हुने उल्लेख गरिएको छ ।

सरकारमा काँग्रेसका तर्फबाट यादवको नै नेतृत्व सहभागिता हुने सहमतिपत्रमा उल्लेख छ । यस्तै प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाई मन्त्रिपरिषद् थपघट गर्न सकिने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ । जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । आन्तरिक सहमतिअनुसार काँग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय पाउने बताइएको छ ।

मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवका अनुसार कांग्रेसलाई दिइने मन्त्रालय टुंगो लागेको र केहीबेरमा कांग्रेसबाट सहभागी हुने मन्त्रीको शपथ कार्यक्रम राखिएको छ । कांग्रेसका प्रदेश २ का संसदीय दलका नेता यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुनेछ । यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

त्यसैगरी कांग्रेसकै पर्साबाट निर्वाचित ओमप्रकाश शर्मालाई ऊर्जा र खानेपानी मन्त्रालय र सर्लाहीबाट निर्वाचित वीरेन्द्रप्रसाद सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ । त्यसैगरी माओवादी केन्द्रका तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्ने पक्का भए पनि कुन मन्त्रालयको जिम्मा दिइने अझै खुल्न सकेको छैन । सरकारमा कांग्रेस र माओवादी सहभागी हुने भएपछि मन्त्रालयको संख्या १० बनाइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ मन्त्रालयलाई फुटाएर १० वटा बनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो । प्रदेश २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा सञ्चार, अर्थ , भौतिक पूर्वाधार तथा यातायात , उर्जा तथा सिंचाइ, सामाजिक विकास, उद्योग, पर्यटन तथा वन , भूमि व्यवस्था, कृषि तथा सहकारी , कानून, न्याय तथा प्रदेशसभा , वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि र महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालय कायम गरिएको छ ।(रासस)

  • 46shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

अशोज २९, २०८२
प्रदेश

मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा, नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान

अशोज २८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend