Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रदेश नं २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १, २०७८
In प्रदेश
0
प्रदेश २ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आज प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ को राजश्व तथा व्ययको अनुमान सहितको बजेट प्रस्तुत गर्नुहुँदै ।

प्रदेश २ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आज प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ को राजश्व तथा व्ययको अनुमान सहितको बजेट प्रस्तुत गर्नुहुँदै ।

धनुषा, १ असार : प्रदेश नं २ सरकारले आर्थिक बर्ष २०७८/७९ का लागि रु ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामंत्री विजय यादवले आर्थिक वर्ष २०७८/७९ का लागि मंगलवार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ रु १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत, पुँजीगततर्फ रु १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १० करोड अर्थात ०.३० प्रतिशत बजेट विनियोजना गरेको जानकारी दिनुभयो ।

बजेटमा आन्तरिक राजस्वबाट रु ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट रु १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट रु ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको बचतबाट रु ६ अर्ब २५ करोड व्यहोरिने उल्लेख गरिएको छ । यसबाट अपुग हुने रु एक अर्ब आन्तरिक ऋण लिने उहाँले जानकारी दिनुभयो । बजेटले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु २ अर्ब ३५ करोड र प्रदेशका स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न रु तीन अर्ब १६ करोड ५० लाख विनियोजन गरेको छ ।

यसैगरी कोरोना महामारीका कारण अर्थतन्त्र खस्केको र बेरोजगारी दर बढेकाले बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी सिर्जना तथा पर्यटनलाई विशेष प्राथमिकता दिएको छ । प्रदेश सरकारले कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, कोरोना परीक्षण गर्ने किट लगायतका स्वास्थ्य सामग्री खरिद गर्नका लागि रु २० करोड विनियोजन गरेको छ । त्यस्तै प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरीद गर्न रु १९ करोड विनियोजन गरेको छ ।

मिर्गौलाका बिरामीको डायलासिस गर्न ३५ वटा डायलासिस मेसिन खरीद गर्न रु १२ करोड विनियोजन गरिएको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले मुख्यमन्त्री स्वच्छता अभियानका लागि रु ३१ करोड, प्रदेश मुद्रण छापाखाना स्थापनाका लागि रु दुई करोड, नदी नियन्त्रणका लागि रु ३० करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । बजेटले जनकपुरधामको मुजेलियास्थित निर्माण गरिएको मणिपाल कोभिड अस्पताल तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन शुरुवात गर्नका लागि भौतिक संरचना निर्माण गर्न रु १० करोड, प्रदेशको शैक्षिक स्तर उकास्नका लागि प्रत्येक जिल्लामा कम्तीमा एउटा नमूना सामुदायिक विद्यालयको विकास तथा विद्यालयको भौतिक संरचना सुधार गर्नका लागि रु २४ करोड बजेट विनियोजन गरेको छ ।

यसैगरी विद्यार्थीको शारिरिक तथा मानसिक विकास गर्ने उद्देश्यले प्रत्येक जिल्लामा खेल मैदान निर्माणका लागि रु आठ करोड, आदिवासी, दलित, जनजाती, मधेश आन्दोलनका शहिद परिवारको छात्रवृतिका लागि रु २ करोड र एक विद्यालय एक नर्स कार्यक्रमका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्री यादवले जानकारी दिनुभयो । बजेटले प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर कालोपत्र सडक निर्माणका लागि रु ६७ करोड २० लाख, महेन्द्रनारायण निधि आवास कार्यक्रम सुरुवात गर्नका लागि रु ८ करोड, मझौला सिचाई कार्यक्रमका लागि रु ४१ करोड, नदी नियन्त्रण कार्यक्रमका लागि रु ३० करोड, वडादेखि पालिकाको सदरमुकामसम्मको सडक निर्माणका लागि रु ६८ करोड विनियोजन गरेको छ ।

यसैगरी बजेटले रामराजा सिंह र गजेन्द्र नारायण सिंहको शालिक निर्माणका लागि रु चार करोड, शहीद दुर्गानन्द झाको शालिक निर्माणका लागि रु २ करोड रकम विनियोजन गरेको छ । त्यस्तै बजेटले प्रदेश सरकारको महत्वाकांक्षी योजना ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमका लागि रु २० करोड तथा पोखरी सौन्दर्यकरणका लागि रु ३२ करोड विनियोजन गरेको छ । प्रदेश नं २ सरकारले चालू आर्थिक वर्षका लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो भने आर्थिक वर्ष २०७६/७७ का लागि रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । (रासस)

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend