Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश प्रदेशका शहीद परिवारलाई भरणपोषण र छात्रवृत्ति

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १६, २०७९
In प्रदेश
0

१६ असार,जनकपुरधाम :मधेश आन्दोलन र जनयुद्धका क्रममा शहीद भएकाको परिवारलाई भरणपोषणबापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । शहीद परिवारको भरणपोषणबापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेशी शहीद प्रतिष्ठानमार्फत शहीद परिवारलाई मासिक रु १२ हजारका दरले आर्थिक सहयोग प्रदान गर्न लागेको हो ।

यस्तै शहीद परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि छात्रवृत्तिसमेत दिन लागिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो । ‘‘शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिका लागि आवेदन दिन हामीले सूचना जारी गरेका छौँ”, उहाँले भन्नुभयो,‘‘यसका लागि प्रदेश सरकारले यस वर्ष रु एक करोड विनियोजन गरेको छ, अब कतिको संख्यामा आवेदन आउँछ त्यही हिसाबले हामी रकम वितरण गर्छौं ।

तर कार्यविधिमा रु २१ हजारसम्म दिने भनिएको छ, निवेदन कतिको सङ्ख्यामा आउँछ त्यही अनुसार रकम घटबढ पनि हुनसक्छ ।” शहीद परिवारको छोराछोरीलाई कक्षा १ देखि ६ सम्मलाई रु १६ हजार र कक्षा ७ देखि १२ सम्मलाई रु १८ हजार एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिन लागिएको सचिव महतोले बताउनुभयो ।

प्रदेश सरकारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारमध्ये आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी भरणपोषणबापत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

  • 31shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२
प्रदेश

अब ग्यारेज सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य

बैशाख २४, २०८२
प्रदेश

मधेश प्रदेशका सी. एम. सिंह सहितको टोलि द्वारा जनकपुरधामका होटलमा छापा 

चैत्र १०, २०८१
प्रदेश

एसईई परीक्षाबाट मधेश प्रदेश सरकार अलग

चैत्र ४, २०८१
प्रदेश

मधेश कृषि विश्वविद्यालयका भीसी ‘महतो’ लाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

चैत्र ३, २०८१
प्रदेश

मुख्यमन्त्री सिंहको अभिव्यक्ति प्रति शिक्षक संघको तीव्र आपत्ति

चैत्र ३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend