Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मुख्यमन्त्री राउतद्वारा छोरी शिक्षा बीमामा सहयोग गर्न आग्रह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २०, २०७९
In प्रदेश
0

२० असार, जनकपुरधाम :मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत पुनः सुरु भएको छोरी शिक्षा बीमा/मुद्दति खाताका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज प्रदेशभरिका पालिका प्रमुखहरूलाई पत्र पठाउनुहुँदै प्रदेश सरकारले पुनः सुरु गरेको छोरी शिक्षा बीमा/मुद्दति खाता तयार गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो ।

मधेस प्रदेशका सबै पालिकालाई पत्रमार्फत मुख्यमन्त्री राउतले यही असार २४ गतेसम्म सङ्कलन गरिने छोरी शिक्षा बीमाको फारम सङ्कलनमा सहयोग गर्न पालिका प्रमुखहरूसँग आग्रह गर्नुभएको हो । उहाँले लेख्नुभएको पत्रमा ‘२०७८ माघ १ गतेपछि जन्मिएका प्रदेशभित्रका छोरीको रु तीन लाखको बीमा प्रदेश सरकारले गर्ने भएको हुँदा यही असार २४ गतेभित्र आ–आफ्नो पालिकाका छोरीको फारम भर्न लगाई मधेस प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधाममा पठाई सहयोग गरिदिनु हुन अनुरोध भनी उल्लेख छ ।

मधेस सरकारको लोकप्रिय योजना ‘छोरी शिक्षा बीमा’ कार्यक्रम हिजोबाट पुनः सुरु भएको हो । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सञ्चालन भएको शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका शिक्षा निर्देशक चुडामणि फुयालले जानकारी दिनुभयो ।

यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीको बीमा गरिँदै आएकामा अब ग्लोबल बैंकसँग सम्झौता गरी छोरी बीमा कार्यक्रम पुनः आजदेखि सुरु गरिएको निर्देशक फुयालले बताउनुभयो । सम्झौता पत्रमा प्रदेश सरकारका तर्फबाट शिक्षा निर्देशक फुयाल र बैंकका तर्फबाट ग्लोबल बैँकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

गत २०७८ माघ १ गतेपछि जन्मिएका छोरीका लागि सुरु गरिएको बीमा, २० वर्षपछि रु तीन लाख दिने गरी प्रतिबीमा रु ३७ हजार ४५७ मधेस सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’ गत २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी शुभारम्भ गर्नुभएको थियो ।

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२
प्रदेश

मधेश प्रदेश प्रमुख भण्डारी समझ लेखापरीक्षण प्रतिवेदन पेस

जेष्ठ २, २०८२
प्रदेश

अस्पतालपछि अब विद्यालयमा ध्यान, मुख्यमन्त्री सिंहले थाले शैक्षिक अनुगमन

बैशाख ३०, २०८२
प्रदेश

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२
प्रदेश

अब ग्यारेज सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य

बैशाख २४, २०८२
प्रदेश

मधेश प्रदेशका सी. एम. सिंह सहितको टोलि द्वारा जनकपुरधामका होटलमा छापा 

चैत्र १०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend