Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मुख्यमन्त्री राउतद्वारा छोरी शिक्षा बीमामा सहयोग गर्न आग्रह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २०, २०७९
In प्रदेश
0

२० असार, जनकपुरधाम :मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत पुनः सुरु भएको छोरी शिक्षा बीमा/मुद्दति खाताका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज प्रदेशभरिका पालिका प्रमुखहरूलाई पत्र पठाउनुहुँदै प्रदेश सरकारले पुनः सुरु गरेको छोरी शिक्षा बीमा/मुद्दति खाता तयार गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो ।

मधेस प्रदेशका सबै पालिकालाई पत्रमार्फत मुख्यमन्त्री राउतले यही असार २४ गतेसम्म सङ्कलन गरिने छोरी शिक्षा बीमाको फारम सङ्कलनमा सहयोग गर्न पालिका प्रमुखहरूसँग आग्रह गर्नुभएको हो । उहाँले लेख्नुभएको पत्रमा ‘२०७८ माघ १ गतेपछि जन्मिएका प्रदेशभित्रका छोरीको रु तीन लाखको बीमा प्रदेश सरकारले गर्ने भएको हुँदा यही असार २४ गतेभित्र आ–आफ्नो पालिकाका छोरीको फारम भर्न लगाई मधेस प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधाममा पठाई सहयोग गरिदिनु हुन अनुरोध भनी उल्लेख छ ।

मधेस सरकारको लोकप्रिय योजना ‘छोरी शिक्षा बीमा’ कार्यक्रम हिजोबाट पुनः सुरु भएको हो । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सञ्चालन भएको शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका शिक्षा निर्देशक चुडामणि फुयालले जानकारी दिनुभयो ।

यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीको बीमा गरिँदै आएकामा अब ग्लोबल बैंकसँग सम्झौता गरी छोरी बीमा कार्यक्रम पुनः आजदेखि सुरु गरिएको निर्देशक फुयालले बताउनुभयो । सम्झौता पत्रमा प्रदेश सरकारका तर्फबाट शिक्षा निर्देशक फुयाल र बैंकका तर्फबाट ग्लोबल बैँकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

गत २०७८ माघ १ गतेपछि जन्मिएका छोरीका लागि सुरु गरिएको बीमा, २० वर्षपछि रु तीन लाख दिने गरी प्रतिबीमा रु ३७ हजार ४५७ मधेस सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’ गत २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी शुभारम्भ गर्नुभएको थियो ।

  • 32shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend