Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रदेशसभामा आज चार वटा मन्त्रालयको विनियोजित बजेट माथि छलफल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २३, २०७९
In प्रदेश
0

२३ असार,जनकपुरधाम :मधेस प्रदेशसभाको बैठकमा आज प्रदेश सरकारको चार वटा मन्त्रालयका लागि विनियोजित बजेट माथि दफावार छलफल भएको छ । आजको बैठकमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रदेशसभा सदस्यहरुले आआफ्ना धारणा राख्नुभयो ।

बैठकमा प्रदेशसभा सदस्यहरू परमेश्वर साह, किशोरी साह कमल, शिवचन्द्र चौधरी, उपेन्द्र महतो, रानी शर्मा तिवारी, प्रमिलादेवी दास, अभिराम शर्मा, डा रिना यादव, जैनुल राईनलगायतले कतिपय मन्त्रालयको बजेट कार्यक्षेत्र मिचेर विनियोजन गरिएको र बजेट विनियोजनमा भेदभाव भएको भन्दै बजेटलाई संशोधन गरी मात्र पारित गर्नुपर्नेमा जोड दिनुभयो ।

भोलि असार २४ गते शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, उद्योग पर्यटन तथा वन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।

मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट पारित हुने बताइएको छ । प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९÷०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।(रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२
प्रदेश

अब ग्यारेज सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य

बैशाख २४, २०८२
प्रदेश

मधेश प्रदेशका सी. एम. सिंह सहितको टोलि द्वारा जनकपुरधामका होटलमा छापा 

चैत्र १०, २०८१
प्रदेश

एसईई परीक्षाबाट मधेश प्रदेश सरकार अलग

चैत्र ४, २०८१
प्रदेश

मधेश कृषि विश्वविद्यालयका भीसी ‘महतो’ लाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

चैत्र ३, २०८१
प्रदेश

मुख्यमन्त्री सिंहको अभिव्यक्ति प्रति शिक्षक संघको तीव्र आपत्ति

चैत्र ३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend